arrow

नेपाल आउनुअघि सी र मोदीबीच ६ घण्टा छलफल 

logo
प्रकाशित २०७६ असोज २५ शनिबार
modi-xi.jpeg

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार अपरान्ह नेपाल आउँदै छन् । उनी नेपाल आउनुअघि भारत भ्रमणमा छन्। विशेषगरी भारत र चीनले नेपाल एजेन्डामा छुट्टाछुट्टै दृष्टिले हेर्ने गरे पनि यसपटक सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको विशेष छलफलले नेपाललाई हेर्ने दृष्टिमा केही परिवर्तन आउने अड्कलसमेत काटिएको छ।

मोदी र सीबीच शुक्रबार अपरान्ह, राति डिनरमा र शनिबार बिहान पनि छलफल भएको छ । पटक पटक गरी ६ घण्टा भएको मोदी र सीबीच शुक्रबार अपरान्ह, राति डिनरमा र शनिबार बिहान पनि छलफल भएको छ । पटक पटक गरी घण्टौं भएको छलफललाई दुवै नेताहरुले महत्वपूर्ण भेटघाट भनी बर्णन गरिरहेका छन् । 

उनीहरुबीच ६ घण्टा छलफल हुने पहिले नै कार्यक्रम तय भएको थियो । उनीहरुबीच वान–टु–वान वार्ता भएको छ । यसअघि गत अप्रिलमा पनि चीनको वुहानमा दुवै बीच भेट भएको थियो । आगामी अक्टुबर ३१ देखि नोभेम्बर ४ तारिखबचिमा पनि आसियान समिटमा सी–मोदीबीच भेट हुनेछ।

सीको भारत भ्रमण अनौपचारिक हो । चेन्नाईको ममल्लापुरममा भएको उनीहरुको निरन्तरको छलफलले विश्वलाई पनि चकित तुल्याएको छ । कारण हो दुवै राष्ट्रबीचको कसिलो मित्रता र एकता हुने हो भने विश्वलाई जित्न सक्छन् । यसकारणले पनि चासो र चर्चा सर्वत्र छ । आर्थिक बजार पनि विश्वमा चीन र भारतको बढ्दो छ । 
 

के के गरे दुवैले ?
मोदीले सीलाई शुक्रबार दिउँसो स्वागत गरे । त्यसपछि अर्जुन तपस्यास्थली र तट मन्दिरको दर्शन गराएका छन् । यस स्थलका बारेमा बर्णन गरेका छन् । दुवैले पंचरथमा नरिवल पानी पनि पिए । 

महाबलीपुरममा सांस्कृतिक कार्यक्रमपछि मोदीले सीलाई रात्रीभोजमा सरिक गराए । सीले रात्रिभोजमा पारम्परिक दक्षिण भारतीय व्यञ्जन खाए । शनिबार बिहान पनि उनीहरुले छलफल गरे । एकैछिन संगसंगै हिँडे । 

आतंकवाद र कट्टरपन्थीबारेमा दुवैले चिन्ता व्यक्त गरेका छन् । दिनभर भएको गतिविधिको शुक्रराति राति विदेश सचिव विजय गोखलेले पत्रकार सम्मेलन गरी बताए ।

यसमा सीले ब्यापार र अन्तर्राष्ट्रिय प्राथमिकताका मुद्धामा मोदीसंगै चर्चा गरे । मोदी–सीले आतंकवाद र कट्टरपन्थीको चुनौतीलाई मिलेर लड्नु पर्नेमा जोड दिएका छन् । 

मोदीले सीको यो भ्रमणले सम्बन्ध थप मजबुद हुने दावी गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ