एनआरएनए अध्यक्षका प्रत्यासी कुल आचार्यले बनाए टीम, महेश श्रेष्ठ पनि आचार्यकै टीममा
मन, जानकी, डा. केशब, डीबी, महेश, किरण, त्रिलोक र सोम पदाधिकारीका उमेद्वार
प्रकाशित २०७६ असोज २५ शनिबार
538
Shares
काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएनएका केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आफ्नो टीमलाई करि करिव अन्तिम रुप दिएका छन् ।
आचार्य निकट स्रोतका अनुसार उनको टिममा मन केसी, जानकी गुरुङ, डा. केशब पौडेल, डीबी क्षेत्री, महेश श्रेष्ठ, किरण विक्रम थापा, त्रिलोक गुरुङ र सोम सापकोटा रहने टुंगो लागेको हो।
एनआरएन बेल्जियमका निवर्तमान अध्यक्ष लोक दाहालको पनि आचार्यलाई नै सहयोग रहने स्रोतको दावी छ। ‘उहाँहरु कुन पदमा लड्ने भन्ने पनि मोटामोटी सहमति बनेको छ, यसको घोषणा छिट्टै हुनेछ,’ स्रोतले भन्यो।
जापानस्थित सफल व्यवसायी महेश श्रेष्ठ अध्यक्ष पदका अर्का प्रत्यासी कुमार पन्तको टिमबाट कोषाध्यक्षको पदमा चुनाव लड्ने भनेर चर्चा चले पनि अब आएर कुल आचार्यको टिमबाट चुनाव लड्ने श्रेष्ठले टुंगो गरेको पनि स्रोतले दावी गरेको छ।
आचार्यलाई महासचिवको छनोट गर्न भने गार्हो हुने देखिएको छ। जानकी गुरुङ, डा. केशव पौडेल र डीबी क्षेत्री तीनै जना महासचिव पदका प्रत्यासी रहँदा एकजनालाई टुंगो लगाउन केहि गाह्रो भएपनि तीन जनामध्ये एकजना महासचिव र अन्य दुई जना अन्य पदमा लैजाने गरि सहमति खोज्ने काम भइरहेको बताइएको छ।
एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष तथा एनआरएनएका पूर्व प्रवक्ता मन केसीले यस अघि नै कुल आचार्यको टिमबाट उपाध्यक्षको उम्मेदवारी दिने बताइसकेका छन्। मार पन्तले पनि आफ्नो टिमलाई अन्तिम रुप दिँदै गरेको उनी निकट स्रोतले जानकारी दिएको छ ।