arrow

राजनैतिक इतिहास बोलेको लमजुङ्ग दरबार र लमजुङ्गे नेतृत्व

logo
विष्णु खनाल,
प्रकाशित २०७६ असोज २५ शनिबार
lamjung-darwar.jpg

लमजुङ्ग बेशिसहर । गाउँशहर दरबारमा रहेको शिलालेख अनुसार बिसं १५४० को दशकमा राजा कुलमण्डलन शाहका माइला छोरा कालु शाहलाई ल्याएर लमजुङको पहिलो चौबिसे राज्यका राजा स्थापना गरिएको थियो । 

लमजुङ्गका पूर्व शासकहरुबाट कालु शाहको हत्या भएपछि विसं १५५० मा राजा कुलमण्डन शाहका कान्छा छोरा यशोब्रहम शाह लमजुङ्गको राजगद्दिमा विराजमान भएका थिए । सिन्दुरे ढुंगामा सिंदुरजात्रा गरि पुरानकोटमा ल्याएर उनको राज्याभिषेक गरिएको थियो । 

लमजुङ्गबाट दुरा, धिंगल, क्याप्छा र घिमिरे समेतको समूह राजा माग्न कास्की पुगेका थिए । लमजुङ्गको सुरक्षमा कास्कीबाट आएका सेनापति अकबरसिंह पुँवार थापा र नाहरसिंह थापाले लामीडाँडामा आलम –टाँगो –निशान गाडेर उत्तरी लमजुङ्गमा घेरावन्दी कायम गरेका थिए । 

कास्कीवाट आलेमगर ,अधिकारी बाह्रमण ,खत्री क्षेत्री, तिवारी बाह्रमण राउत क्षेत्री,भण्डारी क्षेत्री ,सुँयल थापा क्षेत्री,पुँवार थापा क्षेत्री  र अन्य २ समेत गरि १० थरघर राजासँग साथ लागी लमजुङ्ग आएका थिए । 

राजा यशोबह्रम शाहले दुईवटा मौसमी दरवार बनाएको कुरा प्रचलित किंबदन्ती “चढे राजा गाउँशहर झरे राजा बेशीशहर” बाट पुष्टि हुन आउँछ । पछि यो दरवार भत्कींदा उत्तरतर्फको  हिस्सा पुर्ननिर्माण भएको र पूर्व र पश्चिमतर्फको जग पुरिएको अवस्थामा छ । लमजुङ्ग कालिका मन्दिरमा रहेको तोपमा श्री संवत १५९५ भाद्र वदि लेखिएको पाइएकोले पनि लमजुङ्ग  दरबार तेतिबेला निर्माण भैसकेको देखिन्छ । 

राजा यशोबह्रम शाह वि।सं १५५० मा  राजा नरहरी शाह वि।सं १५९८ मा राजा चुडा शाह वि।सं। १६४५ , राजा अचिन्द्र शाह वि।सं। १६६२, राजा नरेन्द्र शाह वि।सं१६९३ मा राजा केहरिनारायण शाह वि।सं १७७३ मा राजा  भीम शाह , विसं १७९४ मा राजा रिपुमर्दन शाह, वि।स। १७९ड र राजा वीरमर्दन शाह  वि।सं १८०२–१८३९ समेत नौ पुस्ताले यस लमजुङ्ग दरवारबाट शासन चलाएका थिए । 

विसं १८३९ कार्तिक १९ गते लमजुङ्ग पर्बत र तनहूँका संयुक्त सेना विरुद्ध नेपाली सेनाको तार्कुघाटमा घमसान युद्ध पर्दा लमजुङ्गका सरदार भक्ति थापा ९ पुँवार० र पर्वतका सेना नायक बलिभञ्जन मल्ल नेपाली सेनाको  घेरामा परि काठमाण्डौ तर्फ चलान भएपछि लमजुङ्ग राज्य नेपाल राज्यमा विलय भएको तथ्य शिलापत्रमा लेखिएको छ । 

त्यसपछि लमजुङ्गका  अन्तिम राजा वीरमर्दन शाह ,राजकुमार वीरभुपाल शाह, तनहूँका राजा हरकुमारदत्त सेन मनाङ्गको बाटो पर्बत पुगेर काशीवास प्रस्थान गरेका थिए । एकिकरण पछि लमजुङ्गको जिम्मेवारी नेपालका काजी  जीव  शाह र लमजुङ्गका पूर्व सेनापति सरदार पारथ भण्डारीलाई दिइएको थियो ।

पश्चिममा काउलेपानी डाँडा उत्तर तिर वागलुङ पानी पुमाभिर लगायत गणेश हिमाल लमजुङ हिमाल ,पूर्वमा बाजाखेत डाँडा तथा मस्र्याङ्दी नदीको बिचको मनोरम छटाले भरिएको उच्च समशितोष्ण ठाउँमा लमजुङ्गको ऐतिहासिक धरोहर गाउँशहर दरवारले पर्यटकिय विकासलाई कुरेर बसिरहेको छ।  

हाल यस लमजुङ्गको यस क्षेत्रबाट मुलुकको राजनीतिमा प्रमुख भुमिका खेल्न सक्ने पदमा साँसदमा विजय भई संघिय प्रतिनिधित्व गर्दै प्रभावशाली नेता एवं नेकपा संसदिय दलमा सचेतक देव गुरुङ्ग र त्यसैगरि प्रदेशमा प्रतिनिधित्व गर्दै पृथ्वीसुव्बा गुरुङ्ग गण्डकी पैदेशका मुख्यमन्त्री बनेका छन् । 

उनीहरुको काँधमा यस क्षेत्रको समुचित विकास पर्यटकिय तथा ऐतिहासिक धरोहर गाउँशहर दरबारको उन्नयनका लागी प्रमुख जिम्मेदारी इतिहाँसले सुम्पिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ