arrow

तस्करी गरी ल्याइएको सामान बरामद

logo
रासस
प्रकाशित २०७६ असोज २५ शनिबार
taskari.jpg

काठमाडौं। विराटनगर महानगरपालिका १० स्थित तीनटोलियाबाट भन्सार चोरी तस्करी गरी ल्याइएको तीन लाख ५० हजार मूल्य बराबरको सामग्री प्रहरीले आज बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार खिउजको अनुसार वडा नं १० स्थित तीनटोलीयामा भारतबाट ल्याइएको तयारी कपडा तथा धाराका सामान बेवारिसे अवस्थामा बरामद गरिएको हो ।

उक्त सामानहरु आवश्यक  कारवाहीका लागि विराटनगर भन्सार कार्यालय पठाइने प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ