arrow

ग्रेडिङबारे अन्योल, २ सय ३८ विद्यार्थी अनुपस्थित

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७२ चैत २४ बुधबार
syanja-SLC-FNL.jpg.jpeg
स्याङ्जा । छैठौँ दिन सम्म स्याङ्जामा एसएलसी परीक्षा निकै मर्यादित रहयो । विगतका वर्षका तुलनामा यो वर्षको एसएलसी परीक्षा अत्यन्तै मर्यादित र शान्तिपूर्ण तवरले संचालन भइरहेको छ । यसवर्ष देखि एसएलसी परीक्षा ग्रेडिङ प्रणालीमा लैजाने सरकारको निर्णयले स्याङ्जाका विद्यार्थी अन्योलमा छन् । चैत्र १८ गते देखि शुरु भएको एसएलसी परिक्षामा स्याङ्जाबाट ८ हजार ६ सय १४ विद्यार्थी परिक्षामा सहभागी भएका छन् । ३३ परिक्षा केन्द्रबाट सहभागि भएका विद्यार्थीहरुले परिक्षा दिइरहेका छन् ।
 
नियमिततर्फ ६ हजार ३ सय ८७ र एक्जाम्टेडबाट २ हजार २ सय २७ विद्यार्थी सहभागि भएको जिल्ला शिक्षा कार्यालय स्याङ्जाले जनाएको छ । स्याङ्जाबाट ८ हजार ८ सय ५२ जना विद्यार्थीले एसएलसीको फारम भरेकामा २ सय ३८ जना विद्यार्थी विभिन्न अयोग्यताका कारण अनुपस्थित भएका छन् । परीक्षा दस्तुर र ७५ प्रतिशत हाजिर नगरेका कारण विद्यार्थीहरुले यो वर्षको एसएलसी परीक्षामा सहभागि हुन पाएनन् । करिब ८० वर्ष पछि यो वर्षदेखि सरकारले एसएलसीलाई ग्रेडिङ प्रणालीमा शुरु गरेपछि स्याङ्जाका विद्यार्थीहरु अन्योलमा परेका छन् । राम्रो अंक ल्याएर पास हुने विद्यार्थीहरुले भने यो प्रणाली गलत भएको बताएका छन् । 
 
यता, अभिभावकहरुले भने यो प्रणालीले हाम्रा बच्चाहरुको भविष्य राम्रो हुने संकेत देखाएका छन् । अत्यन्तै शान्तिपूर्ण रुपले परिक्षा संचालन भएको स्याङ्जाका अभिभावकहरुको भनाई छ । सरकारले शुरु गरेको ग्रेडिङ प्रणालीलाई भने एसएलसी मात्रै नभएर उच्च मावि सम्म पनि लागु गर्नुपर्ने अभिभावक हरीप्रसाद न्यौपाने बताउँछन् । एउटा विषयमा विद्यार्थी कमजोर हुदा भविष्यनै अन्योलमा परेको भन्दै यो प्रणालीले छोरा छोरीलाई राम्रो हुने न्यौपानेको भनाई छ । 
 
जिल्लाको एसएलसी परीक्षालाई शान्तिपूर्ण रुपले सम्पन्न गर्न हरेक केन्द्रमा ७ जना मोवाइल सहितका  सुरक्षाकर्मी खटाइएको छ । भयरहित वातावरणमा विद्यार्थीहरुले परिक्षा दिने वातावरण छ, या छैन भन्ने विषयमा सुरक्षा निकायका उच्च अधिकारीहरुले समेत निरिक्षण गरेका छन् । अहिले सम्म स्याङ्जामा कुनै अप्रिय घट्ना नभई परिक्षा संचालन भएको प्रहरी निरिक्षक उत्तम प्रकाश बराल बताउछन् । 
 
विगतका वर्षहरुमा परिक्षा केन्द्रमा अभिभावकहरुको बाक्लो उपस्थिति हुने गरेको थियो । तर, यो वर्ष देखि भने हरेक परिक्षा केन्द्रहरुमा अभिभावकहरुको खासै सहभागिता देखिएन ।  ग्रेडिङ प्रणाली सरकारले अगाडी सारेका कारण एसएलसीमा अभिभावकहरुको सहभागिता नभएको हुन सक्ने अनुमान छ । विद्यार्थीहरुमा अन्योलता देखिएको ग्रेडिङ प्रणालीलाई भने, सरकारले अझै विद्यार्थीहरुलाई स्पस्ट रुपमा बुझाउनु पर्ने अवश्यकता छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ