arrow

नरहरिको मत खसेन, रामशरणको ‘पीए’मार्फत खस्यो

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
narahari-acharya.jpeg.jpeg
काठमाडौं । कांग्रेस संसदीय दलको नेताका लागि भएको निर्वाचनको मतदान सकिएको छ । संसदीय दलको निर्वाचन मतदाता २ सय ७ रहेकामा २ सय ६ मत खसेको निर्वाचन समितिले जनाएको छ । 
 
स्वास्थ्य समस्याले सांसद नरहरि आचार्य भने मतदानमा उपस्थित हुन सकेनन् । आचार्यको मत खसेन । यस्तै, केही दिन अघि भर्याङ्गबाट लडेर घाइते भएका रामशरण महत मतदान स्थलमा पुगेपनि भित्र जान नसकेपछि पीए लगाएर मत खसालेका छन् । महतको खुट्टाको शल्यक्रिया भएकाले भित्र जान नसकेको बताइएको छ । 
 
यस्तै, दिवंगत पूर्व सभापति एवं संसदीय दलका नेता सुशील कोइराला नभएपछि कुल २ सय ६ मत भएकामा स्वतन्त्र सभासद् अत्तहर कमाल मुसलमान कांग्रेसमा आएपछि २ सय ७ मत नै भयो । मुसलमान संसदीय दलको निर्वाचनबाट कांग्रेसमा भित्रिएका हुन् । कुल २०७ मत मध्ये आचार्यको अनुपस्थितिमा कुल २०६ मत खसेको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ