arrow

सिलिण्डर विष्फोट भई घर भत्किँदा १० जनाको मृत्यु, १५ घाइते 

logo
प्रकाशित २०७६ असोज २७ सोमबार
bisfot-cylinder.jpeg

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मउ जिल्लामा सोमबार बिहान सिलिन्डर ग्यास विष्फोट हुँदा दुई तल्ले घर भत्किएको छ । 

उक्त घटनामा १० जनाको मृत्यु भएको छ भने १५ जना घाइते छन् । 

केही मानिस भत्किएको घरमा पुरिएको आशंका गरिएको छ । मोहम्मदाबाद इलाकामा भएको उक्त दुर्घटनामा उद्दारका लागि प्रहरी टोली खटिएको छ । 

मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनाप्रति दुःख जनाउँदै मृतकप्रति समवेदन व्यक्त गरेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ