arrow

‘बधाई लिँदै विमलेन्द्र’

जस लिने र दिनेका कुरा

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
nidi.jpg.jpeg
काठमाडौं । शेरबहादुर देउवा कांग्रेस संसदीय दलको नेता निर्वाचित भएको घोषणा हुने वित्तिकै केही सांसदहरुसंग संसदीय दलको कार्यालय परिसरमा बधाई थाप्न आएका विमलेन्द्रले भने, ‘मैले भने अनुसार भयो कि भएन साथी हो ।’ उनले यत्ति भन्न नपाउँदै सांसदहरुले भने, ‘हो हो दाइले भने जस्तै भयो ।’ यत्तिकैमा बधाईको ओइरो विमलेन्द्रलाई नै आयो ।
 
निर्वाचन समिति संयोजक रमेश रिजालले परिणाम घोषणा गर्ने वित्तिकै विमलेन्द्रले उत्साही हुँदै सांसदहरुमाझ सम्वादको शैलीमा बधाई लिन भ्याए। शेरबहादुर देउवा भने संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा थिएनन् । सांसदहरुले विजयको जस विमलेन्द्रलाई दिएका थिए। उनका साथमा उमेश श्रेष्ठ, मनोनयमा प्रस्तावक समर्थक भएका फरमुल्लाह मन्सुर र पद्मनारायण चौधरी समेत थिए ।
 
 
उनीहरुलाई समेत देउवा समर्थक सांसदहरुको बधाई दिएका छन् । त्यतिमात्र नभई विमलेन्द्रसंग फोटो खिच्ने र अंगालो मार्ने क्रम समेत निकै बेर चल्यो । पछिल्लो समय देउवालाई मतदान गर्ने चितवनकी गिता वाग्लेले समेत फोटो खिच्न भ्याइन् । चौधरी, वाग्ले देउवालाई सहयोग गर्न गएपछी विजयको उत्कृष्ठ समीकरण बनेको नेताहरु बताउँछन् । मन्सुर भने १३औं महाधिवेशनबाटै देउवातिर लागेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ