arrow

देउवाले भने, ‘पार्टीमा रामचन्द्र ‘जी’ले निकै दुःख पाउनु भएको छ, उहाँको साथ लिन्छु’

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
deuba.jpg.jpeg
काठमाडौं । संसदीय दलको नेता निर्वाचित भएका कांग्रेस सभापति शेरबहादुर देउवाले तत्काल सकारमा नजाने र बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन्। संसदीय दलको नेता निर्वाचित भए लगत्तै संचारकर्मीहरुसंग संक्षिप्त कुरा गर्दै देउवाले संघीय लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि अब आफुहरुले ध्यान जाने र त्यसका लागि पार्टीका तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने देउवाले बताए। वलियो प्रतिपक्षी भएमात्रै लोकतन्त्र बलियो हुने भन्दै देउवाले अन्यथा सत्तापक्ष निरंकुश हुने बताए। लोकतन्त्रलाई सुदृढ बनाउन पनि आफूहरुले सत्तामा जाने भन्दा पनि बलियो प्रतिपक्षीको भुमिका निभाउने देउवाले बताए।  
 
पार्टीमा लोकतान्त्रिक पद्दती अनुसार स्वभाविक प्रतिस्पर्धा भएपनि रामचन्द्र पौडेलकै साथ लिएर अघि बढ्ने देउवाको भनाई छ। देउवाले भने, ‘पार्टीमा रामचन्द्रजीले निकै दुःख पाउनु भएको छ ।’ देउवाले आफुहरु दुवै जना संगै जेल परेको सुनाउँदै उहाँको साथ लिएर अघि बढ्ने बताए। देउवाले पार्टीमा सबैलाई मिलाएर अघि बढ्ने समेत बताए।
 
पौडेलले अघिल्लो संविधान सभा निर्वाचनपछी भएको निर्वाचनमा देउवालाई हराएपनि प्रधानमन्त्री निर्वाचित भने हुन सकेनन्। पौडेल पार्टीका तर्फबाट १७ पटक प्रधानमन्त्रीको निर्वाचन लडेका थिए। पछि उनका प्रतिस्पर्धी झलनाथ खनाल प्रधानमन्त्री भए। दोस्रो संविधान सभापछि भने देउवा तत्कालिन पार्टी सभापति सुशील कोइरालासंग संसदीय दलमा पराजित भएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ