बेलायतको संसद नजिकै आक्रमण गर्नेलाई आजीवन जेल सजाय
एएफपी,
प्रकाशित २०७६ असोज २८ मंगलबार
567
Shares
लण्डन। बेलायतको संसद नजिकै कार आक्रमण गरी हत्याको प्रयास गरेका एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ। राजधानी लण्डनस्थित एक अदालतका न्यायाधीशले ती व्यक्तिलाई आजीवन जेल सजायको फैसला सोमबार गरेका हुन्।
धेरै मानिसको ज्यान जान सक्नेगरी गत बर्ष संसद भवन नजिकै एक व्यक्तिले कार आक्रमण गरेका थिए। न्यायाधीश मौरा म्याकगोवानको फैसलामा उल्लेख गरिएको छ, “३० बर्षीय सलिह खातरले कम्तीमा पनि १५ बर्ष जेल सजाय भोग्नु पर्दछ।”
सन् २०१८ को अगस्टमा खातरले धेरै मानवीय क्षति हुनेगरी कार आक्रमण गरेको अदालतले ठहर गरेको छ।