arrow

चीनले अमेरिकी कृषि उत्पादन खरिद बढाउने

logo
सिन्ह्वा,
प्रकाशित २०७६ असोज २८ मंगलबार
soybean-china-america.jpg

बेइजिङ। बेइजिङले अमेरिकी कृषि उत्पादन खरिदलाई वृद्धि गरिसकेको र यसलाई अझ बढाउँदै लैजाने चीनको विदेशमन्त्रालयका प्रवक्ताले बिहीबार बताएका छन्। 

स्थानीय बजारको माग र चिनियाँ कम्पनीहरूको आफ्नै पहलमा उनीहरूले अमेरिकी कृषि सामग्रीहरूको खरिद गरेको र यो बजारकेन्द्रित अवधारणा अनुसार गरिएको हो,” प्रवक्ता केङ सुआङले नियमित पत्रकार भेटघाटमा बताए।

यो बर्ष दुई करोड टन भटमास, सात लाख टन सुगुरको मासु, सात लाख टन ‘सोरघम’ दुई लाख ३० हजार टन गहुँ र दुई लाख २० हजार टन कपास अमेरिकाबाट चीन भित्रिएको केङले बताए। उनले आगामी दिनमा चीनले अमेरिकी खाद्यान्नजन्य कृषि उत्पादनको आयातलाई बढाउँदै जाने पनि बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ