arrow

राष्ट्रिय सहमतिको लाइनमा सिटौला

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ चैत २४ बुधबार
Krishna-prasad-sitoula-sitaula.jpg.jpeg
विराटनगर । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुलुकलाई अघि बढाउन दलहरुबीच राष्ट्रिय सहमतिको आवश्यकता  रहेको बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीहरु संग कुरा गर्दै नेता सिटौलाले संविधान कार्यान्वयन र भूकम्प पछिको पुनःनिमार्णका लागि राष्ट्रिय एकतामा जोड दिए । नेता सिटौलाले नेपाली कांग्रेस सबै भन्दा ठुलो दल भएकाले मुख्य दलहरुबीच एकता कायम गर्न पहल गर्ने बताए । 
 
सिटौलाले नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन पछि हुने पहिलो बैठकबाटै मधेसको समस्या, संविधान कार्यान्वयन तथा मुलुकको आर्थिक समृद्धिका लागि एजेण्डा अघि बढाउने विषयमा पार्टीले निर्णय गर्ने बताए । सिटौलाले भने, ‘अहिलेको अवस्थामा स्थिर सरकार नभएकाले संविधान कार्यान्वयनमा चुनैती रहेकाको र संविधान कार्यन्वयनको पहिलो चरण सम्म दलहरु मिलेर अघिबढ्नुको विकल्प छैन ।’ सिटौलाले आन्दोलनबाट समस्याको समाधान नहुने भन्दै वार्ता र छलफलबाटै निकास खोज्न मधेसी मोर्चालाई आग्रह गरे । 
 
संविधान संशोधनबाट मधेसी मोर्चाका धेरै माग सम्बोधन भइसकेकाले संविधान कार्यन्वयन गर्ने क्रममा उठेका जायज मागलाई पुरा गर्दै जाने सिटौलाको भनाई छ । नेता सिटौलाले नेपाली कांग्रेस सरकारमा जाने कुरा हल्लामात्र भएको बताए । सरकारको कामप्रति असन्तुष्टी जनाउँदै भूकम्पपछि दात्री राष्ट्रबाट सहयोग प्राप्त रकम खर्च गर्न नसक्नु लाचारी भन्दै सरकारको टिप्पणी गरे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ