arrow

चीन विश्वकै सैन्य शक्ति देश बन्दै, कपी गर्न माहिर

logo
प्रकाशित २०७६ असोज २९ बुधबार
china-flag.png

काठमाडौं । चीन विश्वकै सैन्य शक्ति देश बन्दैछ । उसले सन् २०५० सम्म विश्वकै सैन्य शक्ति राष्ट्र बन्ने योजनलाई अगाडि बढाइरहेको छ ।

यसको तयारी चीनले शुरु गरिसकेको छ । चीनले रिभर्स इन्जिनियरिङको मद्धतबाट हतियारका क्लोन पनि बनाइसकेको दावी गरिएको छ । उसले हालका शक्तिशाली राष्ट्रहरुका हतियार फोटोकपी गरिसकेको पनि जनाइएको छ । 

पछिल्लो समय चीनले अमेरिकाको चिनियाँ भर्सनको नयाँ हेलिकोप्टर बनाएको छ । ब्ल्याक हक नामक यो हेलिकोप्टर अमेरिकाले अल कायदाका संस्थापक ओसामा बिन लादेनलाई मार्नमा प्रयोग गरिएको थियो । 

यो हेलिकोप्टर राडारको पकडमा आउँदैन । चीनले त्यही युएच–६० ब्ल्याक हकलाई कपी गरेको हो । चीनले यसको नाम हार्बिन जेड–२० राखेको छ । यो अमेरिकी हेलिकोप्टर भन्दा पनि शक्तिशाली भएको दावी चीनको छ । 

चीनले भित्रभित्रै निकै शक्तिशाली हतियारहरुसमेत बनाइरहेको दावी गरिएको छ । (एजेन्सीको सहयोगमा)


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ