arrow

बार अध्यक्षमा केसीको अग्रता कायमै

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
baar.gif.gif
काठमाडौँ। नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको अहिले भइरहेको मतगणनामा लोकतान्त्रिक समूहका अध्यक्ष पदका उम्मेदवार शेरबहादुर केसीको अग्रता कायमै रहेको छ । 
 
प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाका अनुसार अहिलेसम्म गणना भएको एक हजार ९०५ मतमा केसीले ९९७ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी विजयकान्त मैनालीले ८५० मत प्राप्त गरेका छन् । 
 
त्यस्तै, महासचिवमा खम्बबहादुर खातीले ९२५ मत प्राप्त गरेका छन्। प्रतिद्वन्द्वी दीनमणि पोखरेलले ८४८ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा ज्ञानरत्न शाक्यले ९२९ मत र प्रतिस्पर्धी हरिबहादुर खड्काले ८१९ मत प्राप्त गरेका छन् ।
 
अहिलेसम्म २४ निर्वाचन केन्द्रको मतगणना सकिएको बताइएको छ । बारको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना मङ्गलबार बिहानदेखि सुरु भएको हो । नयाँ कार्यसमितिका लागि शनिबार ३३ निर्वाचन केन्द्रमा मतदान कार्य सम्पन्न भएको थियो । 
 
पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । कुल मतदाता नौ हजार ५२२ मध्ये सात हजार ८४५ मत खसेको बताइएको छ । 
 
बाह्र स्थानबाट मतगणना 
सर्वोच्च अदालतको परिसरमा आठ स्थानबाट मतगणना हुँदा ढिला हुने भएकाले आज थप चार स्थान गरी १२ स्थानबाट मतगणना सुरु गरिएको छ ।
 
बिहीबार बेलुकीसम्म पूर्ण नतिजा प्रकाशन गर्न थप चार स्थानबाट मतगणना सुरु गरिएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत निरौलाले जानकारी दिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ