एनआरएनएको कोषाध्यक्षमा सोमले उमेद्वारी फिर्ता लिएर गरे महेशलाई समर्थन, महेश जीतको नजिक
प्रकाशित २०७६ असोज २९ बुधबार
508
Shares
काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषदको काठमाडौंमा जारी ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत कोषाध्यक्षका उम्मेदवार सोम सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनको उम्मेद्वारी फिर्ता लिएर अर्का प्रत्यासी महेशकुमार श्रेष्ठलाई समर्थन गरेपछि उनि जीतको नजिक पुगेका छन् ।
श्रेष्ठको प्रतिस्पर्धा अब सुदन थापासँग हुनेछ । अध्यक्षका उम्मेदवार कुल आचार्यको प्यानलबाट चुनावी मैदानमा रहेका सापकोटाले उम्मेदवारी फिर्ता लिएसँगै बलिया प्रतिष्पर्धी श्रेष्ठ थप वलिया भएका छन्।
एनआरएनएको मतदानमा ८१ देशका २६ सय प्रतिनिधिले मतदानमा भाग लिनेछन् । निर्वाचन कमिटीले उम्मेदवारी मनोनयन दर्ता सकिएर उम्मेदवारलाई नाम फिर्ताका लागि चार बजेसम्मको समय दिइएको थियो।
१० बुँदे घोषणा पत्र मार्फत चुनावी मैदानमा उत्रिएका जापानका श्रेष्ठ बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका हुन ।
उनी अध्ययनका सिलसिलामा २५ बर्षअघि जापान पुगेका थिए। उनी डेढ दशकदेखि एनआरएनए अभियानमा क्रियाशिल छन् ।
युरोपमा ब्यावसाय गर्दै आइरहेका सापकोटा वर्तमान कार्यसमितिका सह–कोषाध्यक्ष थिए । उनले २००९–०११ कार्यकालमा डेनमार्कको संस्थापक अध्यक्ष, २०११–०१३ कार्यकालमा एनआरएनए केन्द्रीय सदस्यका साथै २०१३–०१५ कार्यकालमा युरोप सह–संयोजकको भूमिका निर्वाह गरिसकेका छन् ।