arrow

मलेसियामा नेपाली श्रमिक ठग्ने कर्मचारीहरु हटायो नेपाली दुतावासले

म्यानपावरका दलाली गर्ने कर्मचारी भने अझै दुतावासमै

logo
प्रकाशित २०७६ असोज २९ बुधबार
rabi-dilli.jpg

क्वालालाम्पुर। नेपाली राजदुतावास मलेसियामा पब्लिक रिलेशन अफिसरका रुपमा कार्यरत रबि भट्ट र ड्राइभरका रुपमा कार्यरत डिल्ली धिताल (राजु अनुपम धिताल) लाई अन्तत नेपाली राजदूतावास मलेसियाले राजिनामा दिन लगाएर कामबाट हटाएको छ ।

नेपाली राजदूतावास मलेसियाका लागि राजदुत उदयराज पाण्डेले बिचौलीयाहरुबाट सर्बसाधारणहरु नठगिउन भनी ट्राभल डकुमेन्टको फोटो कपि मात्र दिने प्रावधान बनाए पछि भट्ट र धितालले ओरिजिलन डकुमेन्टलाई मलेसियन रिंगेटमा आर एम ४०० देखि ६०० मा बिक्री गर्ने गरेको (भट्ट र धितालको बार्गेनीङ अडियो सहित) समाचार हाम्राकुरा लगायतका मिडियामा प्रकाशन भएपछि दवावमा परेका उनीहरुले राजिनामा दिएका हन्।

Image may contain: text

दुतावासमा कार्यरत भट्ट र धितालले श्रमिकहरुलाई बिभिन्न बहानामा ठग्ने गरेको समाचार प्रकाशित भएपछि दुतावासले कार्तिक ०१, २०७६ बाट नेपाली राजदूतावास, मलेसियाको कुनै पनि जिम्मेवारीमा नरहने गरी हटाएको हो । यसभन्दा पहिले पनि तत्कालिन राजदूत डा. निरञ्जनमान सिंहका व्यक्तिगत ड्राइभरका रुपमा कार्यरत प्रविण प्रधानलाई पनि श्रमिकहरुलाई पासपोर्ट बनाईदिने बहानामा अवैद्य रुपमा रकम असुली गरेको र म्यानपावर ब्यवसायमा संलग्न रहेको आरोपमा हटाएको थियो ।

यद्यपि अझै पनि नेपाली राजदुतावासको कर्मचारीको रुपमा रहेर बिभिन्न म्यानपावर ब्यवसायमा संलग्न रहेका कर्मचारीहरु अझै पनि दुतावासमै कार्यरत स्रोतले जनाएको छ । दुतावासको कर्मचारीको रुपमा कार्यरत रहि मलेसियाका बिभिन्न कम्पनीहरुसँग नेपालबाट कामदारहरु ल्याइदिन्छु मलाई कति कमिसन दिने भन्दै दुतावासको कार्यालयमा बसेर स्थानीय मलेसियन कर्मचारीहरुसँग बार्गेनिङ गर्ने गरेको स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ