arrow

मापसे गरेर सवारी चलाउने साढे दुई लाखलाई कारबाही

logo
सिन्ह्वा,
प्रकाशित २०७६ असोज २९ बुधबार
drink-drive-china.jpg

बेइजिङ। चीनमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने झण्डै साढे दुई लाख जना एक वर्षमा कारबाहीमा परेका छन्। चिनियाँ प्रहरीले बुधबार दिएको जानकारी अनुसार कूल दुई लाख ४७ हजार जनालाई मापसे गरेर सवारी चलाएकोले कारबाही गरिएको हो। 

सार्वजनिक सुरक्षा मन्त्रालयले यो तथ्याङ्क एक वर्षको भएको पनि जनाएको छ। चीनमा भएका कूल सवारी दुर्घटनाहरूमध्ये २०.७ प्रतिशत दुर्घटना मादक पदार्थ सेवा गरेर सवारी साधन चलाएकाले हुने गरेको तथ्याङ्क छ।

चिनियाँ कानूनका अनुसार मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु अपराध हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ