arrow

एनआरएनएको चुनावमा यसरी भयो हंगामा (भिडियोसहित) 

logo
प्रकाशित २०७६ असोज ३० बिहिबार
nrna-todfod.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको सम्मेलनमा हंगामा भएको छ । चुनाव गर्न ढिलाई हुँदा र ढिलागरी सुरु भएको चुनाव स्थगित भएपछि हंंगामा भएको थियो । 

साँझ ५ बजेदेखि मतदान हुने भनिए पनि राति ८ बजेपछिमात्र मतदान सुरु भएको थियो । तर विद्युतीय भोटिङ मेसिनमा समस्या आएको भन्दै फेरि मतदान रोकिएपछि हंगामा भाएको हो । 

आक्रोशित मतदाताहरु तोडफोडमा समेत उत्रिएका थिए । 

रोकिएको चुनाव बिहीबार बिहान १० बजेबाट मतपत्रमार्फत मतदान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको बताइए पनि मतदान समयमै हुनेमा आशंका जन्मिएको छ । 

भवन भट्टको नेतृत्वको बेलामा जारी एनआरएनए चुनावमा यसलाई चरम अव्यवस्थाको पराकाष्ठाका रुपमा समेत विश्लेषण गरिएको छ । हंगामाको भिडियोसहित–

मेसिन बिग्रिएपछि स्थगित एनआरएनएको मतदान बिहीबार बिहान १० बजेदेखि 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ