arrow

अयोध्याको फैसला आउन तीन हप्ता लाग्ने, फैसलाअघि नै मन्दिर बनाउने होड

logo
प्रकाशित २०७६ असोज ३० बिहिबार
ayodhaya.jpg

काठमाडौं । भारतको अध्योध्याको विवादबारे सुनुवाई बुधबार पूरा भएको छ । यसको फैसला सर्वोच्च अदालतले तीन हप्तापछि दिने जनाइएको छ । 

तर फैसला आउनु अघि नै अयोध्यामा मन्दिर निर्माणको विषयलाई लिएर दावी भने शुरु भइसकेको छ । विहिप र निर्मोही अखान्डाले आपसमा दावी पेश गरिसकेका छन् । 

यदि फैसला हिन्दूको पक्षमा आयो भने ६ महिनामा राम मन्दिरको ढाँचा खडा गर्ने विहिपले जनाएको छ । त्यसैगरी अखान्डाले पनि मन्दिर आफैले बनाउने दावी गरेको छ । 

विहिप प्रवक्ता शरद शर्माले भारतीय एक अनलाइनलाई दिएको अन्तर्वार्तामा पक्षमा फैसला आयो भने ६ महिनामै राम मन्दिरको ढाँचा खडा गरिदिने दावी गरेका छन् । 

सन् १९९० मा अयोध्यामा कार्यशाला बनेको थियो जसमा उच्चकोटिका कारिगरहरुद्धारा निकै राम्रो ढुङ्गा राखिएको थियो । 

उता निर्मोही अखान्डेका महन्त दिनेन्द्र दासले आफूहरु मन्दिर बनाउन सक्षम रहेको दावी गरेका छन् । दासले यदि विहिपले निर्मोहीलाई मान्ने हो भने आफूहरु पनि विहिपलाई मान्न तयार रहेको बताए । 

शर्माले मन्दिर बनाउन १ लाख ७५ हजार घनफुट ढुङ्गा लाग्ने बताएका छन् । यसमा एक लाख घनफुट भन्दा बढी ढुङ्गा सुरक्षित गरिसकिएको उनले बताएका छन् । 

उनले मन्दिरको सिंह द्धार, नित्य मन्डप, गर्भगृहका शिला तथा भुइँतला पूरै तयार रहेको पनि बताए । शर्माले मन्दिरको मुनि भागमा १०६ खम्बा लगाउने पनि बताएका छन् । 

फैसला कसको पक्षमा आउँछ भन्ने छैन । तर राम मन्दिर नै बन्छ भन्ने गरी हिन्दूहरु आपसमा दावीमा उत्रिनुलाई भने फैसला पनि प्रभावित हुने त हैन भन्ने चासो बढेको छ । 

यसअघि सुनुवाई सकिँदासम्म हिन्दू र मुस्लिमबीच कडा टक्कर चलिरहेको छ । 

अयोध्या विवादबारे सर्वोच्चमा आखिरी सुनुवाई, यस्ता छन् हिन्दू–मुस्लिम तर्क



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ