arrow

महाराष्ट्रमा चुनावी तातो, मोदी तीन जनसभामा

अक्टोबर २१ मा मतदान, २४ मा परिणाम

logo
प्रकाशित २०७६ असोज ३० बिहिबार
narendra-modi.jpg

काठमाडौं । भारतको महाराष्ट्रमा विधानसभा निर्वाचनको सरगर्मी अन्तिम चरणमा पुगेको छ । महाराष्ट्रका २८८ सिटका लागि २१ अक्टोबर (सोमबार) मा मतदान हुँदैछ । १९ अक्टोबर (शनिबार) सम्म प्रचार प्रसार गर्न पाइने भएकाले यतिबेला शीर्ष नेताहरुको व्यस्तता बढ्दै गइरहेको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदी पनि व्यस्त छन् । बिहीबारमात्र उनले तीन स्थानमा जनसभालाई सम्वोधन गर्नेछन् । उनले बिहीबार परली, सतारा र पुणेमा संवोधन गर्ने कार्यक्रम छ । परलीमा मोदीले भाजपाका उम्मेदवार पंकजा मुन्डेको समर्थनमा सभामा संवोधन गर्नेछन् । सतारामा उदयन र शिवेन्द्र राजे तथा पुणेमा भाजपा प्रदेश अध्यक्ष चन्द्रकान्त पाटिलका लागि उनले भोट माग्नेछन् । 

मोदीले बुधबार अकोला, परतुर र पनवेलमा संवोधन गरेका थिए । मोदीले शुक्रबार मुम्बईमा सभाको प्रचारप्रसारमा सम्वोधन गर्दै समापन गर्नेछन् । महाराष्ट्र विधानसभा चुनावका लागि भाजपा र शिवसेनाले गठबन्धन गरेका छन् । 

जसअनुसार १५० सिट भाजपाले तथा १२५ सिट शिवसेनाले चुनावमा उम्मेदवार बनाएका छन् । चुनावको नतिजा २४ अक्टोबरमा आउने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ