arrow

संसदीय दलको नेता निर्वाचित भए पछि के भने देउवाले ( भिडियो सहित )

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
sher-bahadur-nya-pic.jpg.jpeg
काठमाडौं । संसदीय दलको नेता निर्वाचित भएका कांग्रेस सभापति शेरबहादुर देउवाले बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् । संसदीय दलको नेता निर्वाचित भए लगत्तै संचारकर्मीहरुसंग कुरा गर्दै देउवाले संघीय लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि खवरदारी गर्दे अघि बढ्ने बताए । 
वलियो प्रतिपक्षी भएमात्रै लोकतन्त्र बलियो हुने भन्दै देउवाले अवको दिनमा नेपाल भित्रै रोजगारीको सृजना गर्ने गरी वातावरण बनाउनु पर्नेमा जोड दिए । भूकम्प र नाकाबन्दीका कारण जनताले धेरै दुख पाएको भन्दै जनतालाई राहत दिने गरि अघी बढ्नु पर्ने बताए ।
 
पार्टीमा लोकतान्त्रिक पद्दती अनुसार स्वभाविक प्रतिस्पर्धा भएपनि रामचन्द्र पौडेलकै साथ लिएर अघि बढ्ने देउवाको भनाई छ। देउवाले भने, ‘पार्टीमा रामचन्द्रजीले निकै दुःख गर्नु भएको छ ।’ देउवाले आफुहरु दुवै जना संगै जेल परेको सुनाउँदै उहाँको साथ लिएर अघि बढ्ने बताए । देउवाले पार्टीमा सबैलाई मिलाएर अघि बढ्ने समेत बताए ।संसदीय दलको नेतामा बिजय हुदै सभापति शेर वहादुर देउवाले १३९ मत ल्याए भने वरिष्ठ नेता रामचन्द्र पौडेलले ६७ मत ल्याएका थिए ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ