प्रदेश लोकसेवा आयोगको सदस्यमा गौतम र पोखरेल नियुक्त
रासस,
प्रकाशित २०७६ असोज ३० बिहिबार
744
Shares
रुपन्देही। प्रदेश नं ५ को प्रदेश लोकसेवा आयोगको सदस्यमा बाबुराम गौतम र राहेल पोखरेल नियुक्त भएका छन्। प्रदेश लोकसेवा ऐनअनुसार मुख्यमन्त्री शङ्कर पोखरेलको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसका आधारमा प्रदेश प्रमुख उमाकान्त झाले आज आयोगमा एक महिलासहित दुई जना सदस्य नियुक्त गरेका हुन्।
गुल्मीको दरबार गाउँपालिका–२ निवासी गौतम र रुपन्देहीको साविक टिकुलीगढ–१ निवासी पोखरेललाई आयोगको सदस्यमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए।