arrow

नोबेल पुरस्कार विजेता अभिजीत वनर्जीले गरिब विद्यार्थीलाई पढाउने

logo
एएनआई,
प्रकाशित २०७६ असोज ३० बिहिबार
abhijit-banerjee-nobel-prize.jpeg

देहरादुन। नोबेल पुरस्कार विजेता भारतीय मुलका अमेरिकी अर्थशास्त्री अभिजीत वनर्जीले गरीब दुई विद्यार्थीलाई पढाउने प्रतिवद्धता जनाएका छन्। वनर्जीले जोगिवालामा गरिब दुई विद्यार्थीलाई विद्यालय शिक्षाका लागि सहयोग गर्ने बताएका हुन्। 

पुरस्कार छनोट समितिले उनलाई केही दिन अगाडि मात्रै अर्थशास्त्रतर्फको यस बर्षको नोबेल पुरस्कार दिने निर्णय भएको घोषणा गरेको थियो। विवेकानन्द विद्यालय देहरादुनका विद्यार्थीद्वय आर्यन थापा र अमान डोब्र्याललाई निःशुल्क छात्रवृत्तिको व्यवस्था उनले गरेका हुन्। 

नोबेल पुरस्कार विजेता अर्थशास्त्री वनर्जीले गत तीन बर्ष अगाडि असामयीक निधन भएको आफ्नो छोराको नाममा स्थापना गरेको कवीर स्मृति छात्रवृत्ति उनीहरूलाई उपलब्ध गराउने बताए। 

शिक्षा आर्जनका लागि आफूहरूलाई सहयोग गर्ने घोषणा गरेकोमा नोबेल पुरस्कार विजेता बनर्जीलाई दुई विद्यार्थीले धन्यवाद व्यक्त गरेका छन्।

पुरस्कार विजेता वनर्जी ती विद्यार्थीले पढ्दै आएको विवेकानन्द विद्यालयसँग लामो समयदेखि सम्वन्धित छन्। उनी त्यस विद्यालयको संस्थापक पनि हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ