arrow

महाराष्ट्र चुनावः आपत्तिजनक टिप्पणी गरेपछि जाधवको घरमा तोडफोड

logo
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
car-todfod.jpeg

काठमाडौं । भारतको महाराष्ट्रमा सोमबार विधानसभाको चुनाव अन्तर्गत मतदान हुँदै गर्दा प्रचारप्रसार अन्तिम चरणमा पुगेको छ । नेताहरुबीच आरोप प्रत्यारोप पनि चलिरहेको छ । 

औरंगाबादको कन्नडमा पूर्व विधायक हर्षवर्धन जाधवले आफ्नो पुरानो पार्टी शिवसेना र उसका नेताहरुको आलोचना गर्ने क्रममा भाषाको मर्यादा पनि नाघेका छन् । 

जसका कारण आक्रोशित शिवसेनाका कार्यकर्ताले उनको घरमा तोडफोडसमेत गरेका छन् । उनको गाडीसमेत तोडफोड भएको छ । 

प्रहरीका अनुसार अज्ञात समूहले जाधवको घरमा तोडफोड गरेका हुन् । एक कार र घरका झ्यालका शीशाहरु फुटेका छन् । 

उक्त घटनाका समयमा जाधवकी पत्नी र दुई छोराहरु घरभित्रै थिए । गत १५ अक्टोबरमा औरंगावबादमा कन्नडबाट निर्दलीय रुपबाट चुनाव लडिरहेका जाधवले एक र्यालीमा पूर्व कांग्रेस मन्त्री अब्दुल सत्तार शिवसेनामा जाने तथा पार्टी प्रमुख उद्धव ठाकरेका विषयमा कथित तरिकाले आपत्तिजनक टिप्पणी गरेका थिए । 

महाराष्ट्रको २८८ विधानसभा सीटका लागि अक्टोवर २१ तारिख सोमबार मतदान हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ