काठमाडौं। भारतको हरियाना राज्यमा सोमबार विधानसभाको मतदान हुँदै गर्दा प्रचारप्रसार अन्तिम चरणमा पुगेको छ। उक्त क्रममा प्रमुख प्रतिपक्षी पार्टी कांग्रेसले पनि अभियानलाई तीव्र पारेको छ।
कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले शुक्रबार जनसभालाई सम्वोधन गर्ने भएकी छिन्। उनले हरियानाको महेन्द्रगारमा सम्वोधन गर्ने कार्यक्रम तय भएको हो।