एनआरएनएको चुनावको नतिजा आउँदै, अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी विजयी
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
547
Shares
काठमाडौं । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको मतपरिणाम धमाधम आउँदै छ । पछिल्लो नतिजा अनुसार अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी विजयी भएका छन् ।
त्यसैगरी उपसंयोजकमा राम सी पोख्रेल र महिलातर्फ उमा कार्की विजयी भएकी छिन् । युवा संयोजकतर्फ बिमला सापकोटा निर्वाचित भएकी छिन् । उनी क्यानडाबाट अमेरिका गएकी हुन् ।
यता, मध्यपूर्वमा भने निर्विरोध भएको छ। एनआरएनए मध्यपूर्वको संयोजकमा प्रविण गुरुङ र मनोज श्रेष्ठ (गोर्खाली)ले उम्मेदवारी दिए पनि बुधबार उनीहरुबीच सहमति भएसँगै संयोजक र उपसंयोजक दुबै निर्विरोध चयन भएका हुन्।