लालबाबुलाई चुनौतीः राजस्व समूहका उपसचिवहरुले मानेनन् समायोजनमा जान
कसले गरिरहेछन् अटेरी ?
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
412
Shares
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजन भएका कर्मचारीहरु पदस्थापन भएको कार्यालयमा नगएमा जागिरबाटै बर्खास्त गर्ने चेतावनी दिइरहेका छन् ।
तर अर्थमन्त्रालयका १४ उपसचिव ८ महिनादेखि पदस्थापन भएको कार्यालयमा नजाँदा पनि उनले कुनै कारबाही गर्न सकेका छैनन् ।
अर्थमन्त्रालयका १४ राजस्व समूहका उपसचिवको समायोजनपछि २०७५ फागुनमा प्रदेशमा पदस्थापन भएको थियो । तर उनीहरु पदस्थापन भएको कार्यालयमा गएका छैनन् ।
बरु केन्द्र सरकार अन्तर्गत नै नियुक्त भएको भन्दै उनीहरुले अदालतमा मुद्दा मामिला गर्दै उनीहरु सरकारलाई चुनौती दिएका छन् । राजस्व र कर कार्यालयमै बस्न खोजिरहेका छन् ।
राजस्व र करमा रमाउन पल्किएका उपसचिवहरुले सरकारले पदस्थापन गरेको कार्यालयमा नगएर चुनौती दिंदा पनि सामान्य प्रशासन मन्त्री चुप छन् ।
२०७५ फागुनमा प्रदेशमा समायोजन भएका राजस्व समूहका उपसचिवहरुमा किशोर बर्तौला, जनार्दन पौडेल, घनश्याम पन्थी, अर्जुनकुमार न्यौपाने, राजेन्द्रप्रसाद चुडाल, दिलिप केसी, हरिहर पौडेल, धुर्वप्रसाद पाण्डे, नवराज अर्याल, निरन भट्टराई, सुदिशकुमार अर्याल लगायत छन् ।