arrow

देउवालाई भारतीय विदेशमन्त्री स्वराजको बधाई

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
Sushma-Swaraj_Sher-Bahadur-Deuba.jpg.jpeg
काठमाडौं ।  नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएकोमा भारतीय विदेशमन्त्री सुश्मा स्वराजले टेलिफोनमार्फत बधाइ दिएकी छन्। निर्वाचित भएलगत्तै देउवालाई टेलिफोन गरेर स्वराजले बधाई दिएको देउवाका स्वकीय भानु देउवाले जानकारी दिए। 
 
बुधबार भएको संसदीय दलको निर्वाचनमा देउवा प्रतिस्प्रर्धी रामचन्द्र पौडेललाई ७२ मतले पछि पार्दै संसदीय दलको नेता निर्वाचित भएका हुन् । देउवाले १ सय ३९ र पौडेलले ६७ मत पाए । यसअघि, पहिलो संविधान सभापछी भएको संसदीय दलको निर्वाचनमा देउवा रामचन्द्र पौडेलसंग पराजित भएका थिए । 
 
विद्युतिय मतदान भएकाले मतपरिणाम चाँडै आएको थियो । देउवा संसदीय दलको नेता  निर्वाचित भएसँगै प्रधानमन्त्रीको बाटो खुल्ला भएको छ  । देउवालाई प्रधानमन्त्रीको बाटो खुलेको संकेतले स्वराजले बधाई दिएकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ