arrow

अफगान राष्ट्रपतिको निर्वाचन, नतिजा आउन ढिलाई

logo
एएनआई,
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
afghanistan-map-geo.jpg

काबुल। अफगान निर्वाचन आयोगले गत महिना भएको अफगान राष्ट्रपतिको निर्वाचनको नतिजा शनिबार घोषणा गर्न नसक्ने बताएको छ। आयोगका सचिव हबिब–उर रहमानले सबै मतदाताको बायोमेट्रिक परीक्षण र प्रशोधन गर्न ढिलाई भएका कारण तोकिएको मितिमा चुनावी नतिजा घोषणा गर्न नसएिको जानकारी दिए।

अफगानिस्तानमा गत सेप्टेम्बर २८ मा राष्ट्रपतिका लागि चुनाव भएको थियो। चुनावमा करिब ९५ लाख मतदाताले नामदर्ता गरेका थिए। चुनावमा सम्भावित धाँधली रोक्न पहिलो पटक बायोमेट्रिक प्रणाली प्रयोग गरिएको थियो। तर त्यस्तो मेसिनमा संग्रहित तथ्याँकबाट परिणाम निकाल्न पर्याप्त जनशक्ति नभएका कारण समस्या आएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले चुनावको नतिजा सार्वजनिक गर्ने अर्को मिति अझै तय गरेको छैन। तर प्रारम्भिक नतिजा १० दिनभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको आयोगको भनाई छ। निर्वाचन आयुक्त मौलाना मोहमद अब्दुल्लाहले पत्रकारहरुसँग कुरा गर्दै केही समस्या रहेपनि चुनावी परिणाम घोषणा गर्न तिब्र रुपमा काम भइरहेको बताए।

चुनावी नतिजालाई पारदर्शी बनाउने सन्दर्भमा मतपरिणाम सार्वजनिक गर्न केही ढिलाई हुनेमा काबुलस्थित अमेरिकी दूतावास, राष्ट्रसंघ र युरोपेली युनियनले जोड दिइरहेका छन्। सन् २०१४ मा राष्ट्रपतिको चुनावी मतपरिणामको पारदर्शितालाई लिएर विवाद उत्पन्न भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ