arrow

टीकापुर दंगामा संलग्न थप एक प्रहरीको फन्दामा

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
Kailali-hamrakura.jpg.jpeg
धनगढी । गएको भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । नारायणपुर गाविसका ३४ वर्षीय विश्राम चौधरी कुश्मीलाई टीकापुर क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए । उनी प्रहरीको फरार अभियुक्त सूचीमा थिए । 
 
घटनामा संलग्न रहेको आरोपमा यसअघि पक्राउ परेका २२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । टीकापुर घटनामा संलग्न भएको आरोपमा थप एक दर्जनभन्दाबवढी व्यक्तिलाई प्रहरीले फरार अभियुक्तको सूचीमा राखेको छ । थरुहट प्रदर्शनका क्रममा भएको उक्त हिंसात्मक घटनामा वरिष्ठ प्रहरी उपरीक्षकसहित आठ प्रहरी र एक बालकको निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ