arrow

मेक्सिकोबाट फर्काइएका ३२५ भारतीय नयाँ दिल्लीमा

logo
एएनआई,
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
india-map-and-flag-1310791.png.png

नयाँदिल्ली। मेक्सिकोबाट फिर्ता पठाइएका ३२५ जना भारतीय नागरिक शुक्रबार भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन्। मेक्सिकोको बाटो भएर अमेरिका प्रवेश गराइने आश्वासन पाएका भारतीय, बङ्लादेश, श्रीलङ्काली, क्यामरुनी र नेपाली नागरिकहरूलाई सीमा क्षेत्रमा रोकिएको तर ३२५ जना भारतीयहरूलाई स्वदेश पठाइएको थियो।

नियमित उडानभन्दा फरक उडानबाट ती यात्रुहरू मेक्सिकोबाट आफ्नै देश फर्किन बाध्य भएका हुन्। अन्तर्राष्ट्रिय एजेण्टहरुको सहयोगमा ती भारतीय नागरिकहरू विगत केही महिनापछि मेक्सिको पुगेका थिए।

एजेण्टले अमेरिका लैजाने प्रतिवद्धतासहित उनीहरुलाई मेक्सिकोसम्म पुर्‍याएको र अमेरिका प्रवेश गराउने प्रयास गरिरहेका समय पक्राउ गरी फिर्ता पठाइएको छ। मेक्सिको हुँदै अमेरिका जान खोज्ने ती भारतीयलाई मेक्सिकोको राष्ट्रिय अध्यागमन संस्थानले नयाँ दिल्ली फिर्ता पठाएको हो।

संस्थानले जारी गरेको वक्तव्यमा ती भारतीयहरूलाई मेक्सिकोका विभिन्न राज्यहरूबाट पक्राउ गरिएको थियो। मेक्सिको सरकारले आप्रवासीहरूको मानवअधिकार सम्मान गर्ने ढाँचाभित्र सुरक्षित, व्यवस्थित र नियमित प्रवासन कायम गर्ने उद्देश्यले प्रगति भइरहेको जानकारी दिएको छ।

मेक्सिकोले सबै प्रवासीहरूलाई सहज प्रवेश दिदैन, आगमनलाई कडाई गर्दै गइरहेको छ भन्ने सन्देश दिन ती भारतीय नागरिकहरूलाई भारत फिर्ता पठाएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

उनीहरुलाई फिर्ता पठाइएको विमान बोईङ ७४७–४०० स्थानीय समय अनुसार शुक्रबार विहान भारतको इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। सो विमान नियमितभन्दा थप उडान सेवाबाट भारत आएको थियो।

फिर्ता गराइएका सवै भारतीय नागरिकहरुसँग आपत्कालिन कागजपत्रहरु थिए। तीनै कागजपत्रहरुका कारण शंका उत्पन्न भएपछि छानविन गरेर फिर्ता पठाइएको अधिकारीहरुले जनाएका छन्।

भारतीय नागरिकहरू जस्तै गएका बङ्लादेश, श्रीलङ्का, क्यामरुन र नेपालका नागरिकलाई भने फिर्ता पठाइएको छैन। उनीहरु अहिले पनि त्यही रहेको समाचारमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ