arrow

सेनाले सर्लाहीको नाढिमन ताल स्थानीयलाई हस्तान्तरण गर्‍याे

प्रधान सेनापति र वनमन्त्रीले हेलिकोप्टरबाटै हेरे ताल

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
tal-hastantran-@.jpg.jpeg
सर्लाही । नेपाली सेनाले मर्मत संभार, पुनःनिर्माण तथा विस्तार गरीरहेको सर्लाही जिल्लाको चन्द्रनगरस्थित नाढिमन ताल वुधबार स्थानीय संरक्षण समितिलाई स्तान्त्रण गरेको छ । वन तथा भू–संरक्षण मन्त्री अग्नि प्रसाद सापकोटा तथा प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्रीले संयुक्त रुपमा स्थानीय नाढिमन ताल संरक्षण समितिका अध्यक्ष राजकुमार शाहलाई हस्तान्तरण गरेका हु्न् । 
 
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको परियोजना अन्तर्गत नेपाली सेनाले हालसम्म सो तालको मर्मत संभार, पुनःनिर्माण तथा विस्तार कार्य गर्दै आइरहेको थियो । हस्तान्त्रण समारोहमा राष्ट्रपति चुरे तराई(मधेश संरक्षण विकास समिति अध्यक्ष तथा सदस्यहरु, नेपाली सेनाका रथी, नाढिमन र बडहरवा ताल संरक्षण समितिका अध्यक्ष, जिल्ला तथा सेक्टर वन कार्यालयका वन अधिकृतहरु, स्थानीय प्रतिनिधिहरु, संचारकर्मी लगायत स्थानीय बासिन्दाहरु सहभागि थिए । 
 
वन तथा भू–संरक्षण मन्त्री सापकोटा र प्रधान सेनापति क्षत्रीले रौतहट जिल्लाको गौरस्थित बडहरवा तालको हवाई अवलोकन समेत गरेका छन् । नेपालको प्राकृतिक वनस्पति तथा वन्यजन्तु लगायतका जैविक विविधताको  संरक्षण र सम्बद्र्धन कार्यमा नेपाली सेना विगत लामो समयदेखि प्रत्यक्ष रुपमा संलग्न रही महत्वपूर्ण योगदान गर्दै आइरहेको र भविष्यमा पनि आफुमा विद्यमान पर्यावरण संरक्षण सम्बन्धी ज्ञान, सीप र अनुभवको भरपुर प्रयोग गर्दै ताल तलैया संरक्षण र सम्वद्र्धनमा ठोस योगदान गर्न तत्पर रहेको सेनाको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ