arrow

दाहालको गुनासो, ‘माओवादीहरु छिन्नभिन्न भएकाले सबैले हेप्न थाले’

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
Prachanda-at-woman-prog.jpg.jpeg
काठमाडौं । एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनता आफ्नो आत्मा सम्मानको निम्ति प्रतिवद्ध रहेको बताएका छन् । वुधबार राजधानीमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को छैठौं राष्ट्रिय सम्मेलन उद्घाटनको क्रममा दाहालले यस्तो बताएका हुन् । 
 
दाहालले जनयुद्ध कालमा आफुहरुले राखेका चाहाना र सवै मुद्धाहरु संविधानमा समेटिएका छैनन्–भने । यद्यपि, संविधानमा केही महत्वपूर्ण आधारभूत कुराहरु समेटिएका दाहालको भनाई छ । दाहालले भने, ‘जहाँ टेकेर अघि बढ्न सबैलाई बाटो खुला छ ।’ दाहालले भनेका छन्, ‘संविधानले एउटा कुरा बडो प्रष्टसंग भनेको छ । यो संविधान गतिशील संविधान हो, यो संविधान समाजवाद् उन्मुख राज्यको परिकल्पना गरेको संविधान हो, संविधानमा कुनै पनि कुरा अपरिवर्तनीय छैन । यो संविधानमा केवल नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डतालाई मात्रै असंशोधनिय र अपरिवर्तनीय भनिएको छ , बाँकी सबै कुरा परिवर्तन गर्न सकिन्छ ।’ जनताको चाहना र भावना अनुसार संविधानमा संशोधन गर्न सकिन्छ । 
 
पञ्चायती व्यवस्थालाई सम्झिँदै दाहालले विगतका संविधानमा थुप्रै विषयहरु असंशोधनिय भन्दै व्यवस्था गर्ने गरिएको बताए । संविधान कार्यान्वयनको चुनौती छ, दाहालले थपे, ‘कार्यान्वयन गर्न थुप्रै चुनौती छन्, धेरै विषयहरु बाँकी छन् तिनलाई हामीले प्राप्त गर्नु पर्नेछ, त्यसको निम्ति जरुरी परेको खण्डमा हामी सडकमा उत्रिनु पर्ने हुन सक्छ, त्यसका लागि सबै तयार हुनुपर्दछ ।’  
 
अध्यक्ष दाहालले अहिले माओवादीहरु छिन्नभिन्न भएकाले माओवादीलाई हेप्ने प्रवृति देशैभरी देखापरेको बताए । सबै माओवादीहरु एक हुनु पर्ने भन्दै दाहालले माओवादी पार्टीहरुलाई एकतावद्ध बनाउन पूरा तागत लगाउने पनि प्रस्ट्याए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ