arrow

जोनसनलाई धक्का : बहिर्गमन प्रस्ताव सांसदहरूद्वारा अस्वीकृत

logo
एएफपी,
प्रकाशित २०७६ कार्तिक २ शनिबार
Johnson-britain-brexit.jpg

लण्डन। बेलायतका प्रधानमन्त्रीले यूरोपेली यूनियन (इयू) सँग गत बिहीबार गरेको सहमति संसदबाट पुनः एक पटक पारित हुन नसकेको अधिकारीहरूले बताएका छन्। 

प्रधानमन्त्री जोन्सनको प्रस्ताव पारित हुन झिनो मतले नपुग्ने भनी बेलायती सञ्चारमाध्यमले गरेको अनुमान अनुरूप नै प्रधानमन्त्रीको प्रस्ताव मात्रै १६ मतले पराजित भयो। ब्रेक्जिटको सीमा बढाउने प्रस्तावको पक्षमा ३ सय २२ र प्रधानमन्त्री जोन्सनले प्रस्तुत गरेको बिना सम्झौता बेलायत इयुबाट बाहिरिने प्रस्तावको पक्षमा ३ सय ६ मत परेको एक अधिकारीले बताएका छन्।

विकल्पमा यहाँका सांसदहरुले ब्रेक्जिटको समय पछि सार्ने पक्षमा मत दिएका छन्। बेलायतले यस प्रावधानका लागि पहिले नै कानूनको व्यवस्था गरेको थियो। बेलायतको हाउस अफ कमन्समा प्रधानमन्त्री बोरिस जोन्सनले बिना सम्झौता अक्टोबर ३१ मा बेलायत युरोपियन युनियनबाट बाहिरिनेसम्बन्धी प्रस्ताव पेश गरेका थिए भने प्रस्तावको विकल्पमा ब्रेक्जिट प्रक्रियालाई केही पछि सार्नुपर्ने सुझाब थियो।

संसदमा भएको आजको मतदानले प्रधानमन्त्रीलाई महत्वपूर्ण धक्का दिएको छ। यद्यपि संसदबाट पराजित भए पनि प्रधानमन्त्री जोन्सनले आफ्नो ब्रेक्जिटबारेको रणनीतिबाट नडगमगाउने बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ