arrow

एमाले बैठक : राजनीतिक प्रतिवेदनमा सुझाव

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
uml-party-office-in-dhumbar.jpg.jpeg
काठमाडौँ । नेकपा (एमाले) को जारी पोलिटब्युरोको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आज एक दर्जन सदस्यले आफ्ना धारणा र सुझाव राखेका छन् । सदस्यहरुले सरकारको काम प्रभावकारी हुनुपर्ने, प्रधानमन्त्री ओलीको चीन र भारत भ्रमणको ऐतिहासिकतालाई कायम राख्दै राष्ट्रिय स्वाधिनताको प्रश्नमा झुक्न नहुने, पार्टीलाई गतिशील र अन्तरपार्टी एकता बलियो बनाउनुपर्नेमा जोड दिए  । 
 
अध्यक्ष ओलीले मङ्लबारको बैठकमा १२ पृष्ठे प्रतिवेदन पेस गरेका थिए । बुधबारको बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, पोलिटब्युरो सदस्यहरु बेदुराम भुसाल, गोरखबहादुर बोगटी, प्रकाश ज्वाला, श्रीमाया थकाली, नागेन्द्र चौधरी, गङ्गालाल तुलाधर, रघुजी पन्त, जगन्नाथ खतिवडा र विजय पौडेलललगायतले आफ्नो धारणा राख्नुभएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । 
 
पोलिटब्युरोको अर्को बैठक बिहीबार बस्नेछ । एमालेको यही चैत २७–३० मा काठमाडौँमा हुने केन्द्रीय कमिटीको बैठकपूर्व पोलिटब्युरो बैठक बसेको हो । बैठकमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयन, पार्टीको भवन निर्माण, विधान संशोधन, केन्द्रीय निकायका प्रतिवेदनलगायत कार्यसूची छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ