arrow

क कस्ले दिएर पुग्यो देउवाको १३९ मत?

देउवालाई मत दिएकाहरुको नामावली सहित

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
sher-bahadur-nya-pic.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको संसदीय दलको चुनाव सकिएको छ। परिणाम अपेक्षित नै भएपनि यति धेरै अन्तरले पराजित हुने अनुमान स्वयं उमेद्वार भएका रामचन्द्र पौडेलले पनि लगाएका थिएनन। पौडेललाई एकदमै खराव अवस्थामा पनि ७३ मत ल्याउन सकिने भनिएको थियो। नत्र ८० मत कट्ने विश्वासमा थिए पौडेल निकटहरु। तर स्थिति यस्तो भएन। संसदीय दलको चुनावमा निर्वाचित खसेको २०६ मतमा शेर बहादुर देउवाले १३९ मत पाउँदा पौडेलले ६७ मतमा चित्त बुझाउनु पर्‍यो। फरक ७२ पर्‍यो। कसरी यस्तो अवस्था आयो धेरैले आश्चर्य व्यक्त गरिरहेका छन्। 
 
तर महाधिवेशन अघीदेखिको पार्टीको समिकरणहरुलाई नजिकबाट नियालेकाहरुले यसलाई अन्यथा मानेनन्। देउवा पौडेल कृष्णप्रसाद सिटौलाको अलग अलग समुहहरुले बनाएका रणनीतिको साझा परिणाम थियो संसदीय दलको परिणाम। तीन ओटै पक्षका नेताहरुले सांसदहरुसंग छलफल गरेका थिए। आफ्नो पक्षको आफुसँगै रहेको विश्वास सहित तीन ओटै समुहले अर्को पक्षका सांसदहरुलाई फोन गर्ने, भेट्न वोलाउने वा अरु कनिष्ट नेताहरुलाई परिचालन गर्ने गरेका थिए। 
 
दलको नेताका लागि आज बिहान ११ बजेदेखि २ बजेसम्म दलको कार्यालय सिंहदरबारमा मतदान हुदैछ। विद्युतीय मतदान हुने भएकाले मतगणना सुरु भएको झण्डै एक घण्टामा मतपरिणम आउने निर्वाचन समितिले जनाएको छ। 
 
विभिन्न श्रोतहरुबाट हाम्राकुरा डटकमलाई प्राप्त जानकारी अनुसार देउवाले आफ्नो पक्षका १ सय ४ र सिटौला समुहको ३० गरी कुल १३४ ल्याउने हिसाव गरेका थिए।  त्यसो हुँदा पौडेलको भागमा भने ७२ मत मात्रै पर्ने देखिएको छ। तर पौडेल पक्षमा भनिएका शारदा पौडेल, दिलमान पाख्रिनले गएराती देउवालाई भोट हाल्ने आश्वासन दिएपछि समिकरण अझ देउवाको पक्षमा देखियो। यसअघि देउवालाई हराएर संसदीय दलको नेता बनेका सुशील कोईरालाले आफ्नो विश्वास पात्र मानेर संसदीय दलको प्रमुख सचेतक बनाएका चिनकाजी श्रेष्ठले पनि देउवालाई भोट दिने भएपछि पौडेलको मत घट्ने देउवाको बढ्ने स्वभाविक भयो। देउवा पक्षीय सांसद उमेश श्रेष्ठको समन्वयमा श्रेष्ठले देउवा पक्षमा नदेखिईकन देउवालाई भोट हाल्ने बचन दिएको एक नेताले जानकारी दिएका थिए। चिनकाजीलाई मंगलवार देउवाकहाँ काग्रेस नेता पूर्ण बहादुर खड्काले राखेर कुरा गरेका थिए। पौडेल पक्षका मानिएका रामकृष्ण यादव र प्रकश पौडेल पनि देउवालाई मत तयार भएपछि उनी झन वलिया भए। यसमा स्वतन्त्र सांसद अतर कमाल पनि थपिएपछि यो नतिजा स्वभाविक हुने भयो। जसकारण पौडेल ६७ मा सिमित भए। 
 
पार्टी सभापति देउवा भएपछि समानुपातिक सांसद र आगामी दिनको राजनीतिमा पनि सभापतिको सहयोगको अपेक्षा गर्नेहरुले देउवालाई समर्थन गर्दा पौडेल पक्षका सासंदहरुको संख्या घटेको विश्लेषण पनि गरिएको छ। पार्टीभित्रको सत्ताको प्रभाव पनि चुनावमा परेको एक देउवा पक्षीय नेताले भने।
 
१ मान बहादुर विश्वकर्मा अर्घाखाँची,
२ इलाम केशव थापा,
३ ओखलढुंगा रामहरी खतिवडा,
४ कंचनपुर नारायण प्रकाश साउद,
५ कंचनपुर बहादुर सिंह थापा,
६ कंचनपुर रमेश लेखक,
७ कञ्चनपुर बल देव बोहरा,
८ काभ्रेपलान्चोक तिर्थ बहादुर लामा,
९ काठमाडौँ ध्यान गोविन्द रंजित,
१० कैलाली बुद्धी सागर चौधरी,
११ कैलाली दिर्घ राज भाट,
१२ कैलाली पुस्करनाथ ओझा,
१३ कैलाली प्यारेलाल राना,
१४ गुल्मी कृष्ण बहादुर छन्तेल थापा,
१५ गुल्मी चन्द्र कान्त भण्डारी,
१६ चितवन शेष नाथ अधिकारी,
१७ जाजरकोट राजीव विक्रम शाह,
१८ जुम्ला  ललितजंग शाही,
१९  झापा  नरेन्द्र बिक्रम नेम्बाङ्ग,
२० झापा केशब कुमार बुढाथोकी,
२१ डडेलधुरा  नरभान  कामी,
२२ डडेल्धुरा शेर बहादुर देउबा,
२३ डोटी विर बहादुर वलायर,
२४  तनहुँ  ध्रुव वाग्ले,
२५ ताप्लेजुङ्ग सूर्यमान गुरुङ,
२६ दाङ डिल्ली बहादुर चौधरी,
२७ धनकुटा मनोहर नारायण श्रेष्ठ,
२८ धनुषा महेन्द्र यादव,
२९ धनुषा विमलेन्द्र निधि,
३० धनुषा प्रेम किसोर प्रसाद साह तेली,
३१ नवलपरासी विक्रम खनाल,
३२ नुवाकोट जगदिश्‍वर नरसिंह के.सी,
३३ नुवाकोट प्रकाश शरण महत,
३४ नुवाकोट अर्जुन नरसिं के.सी,
३५ नुवाकोट बहादुर सिंह लामा(तामाङ),
३६ पर्बत अर्जुन प्रसाद जोशी,
३७ पर्सा सुरेन्द्र प्रसाद चौधरी,
३८ पाँचथर भीष्म राज आङदेम्बे,
३९ पाल्पा हरि प्रसाद नेपाल,
४० बाँके अब्दुल हमिद सिध्दिकी,
४१ बारा  रामअयोध्या प्रसाद यादव,
४२ बारा राधे चन्द्र यादव,
४३ बारा फरमुल्लाह मंसुर,
४४ बैतडी नर बहादुर चन्द,
४५ भक्तपुर मनमोहन भट्टराई,
४६ भोजपुर ज्ञानेन्द्र बहादुर कार्की,
४७ भोजपुर मीन बहादुर विश्‍वकर्मा,
४८ मकवानपुर इन्द्र बहादुर वानिया,
४९ मनांग टेक बहादुर गुरुङ,
५० मोरंग दिलिप खवास गच्छदार,
५१ मोरंग अमृत कुमार अर्याल,
५२ मोरंग डिग बहादुर लिम्बु,
५३ रामेछाप आङटावा शेर्पा,
५४ रुपन्देही अब्दुल रज्जाक गद्दी,
५५ रुपन्देही वालकृष्ण खाँ‌ण,
५६ रुपन्देही भरत कुमार शाह,
५७ रौतहट सुनील कुमार यादव,
५८ ललितपुर उदय शम्शेर जवरा,
५९ ललितपुर मदन बहादुर अमात्य,
६० सर्लाही हरेश प्रसाद महतो,
६१ सर्लाही अमरेश कुमार सिंह,
६२ सिन्धुपाल्चोक मोहन वहादुर वस्नेत,
६३ सिराहा प्रदिप गिरी,
६४ सिराहा रामचन्द्र यादव,
६५ सिराहा गणेश कुमार मण्डल,
६६ सुनसरी सिताराम महतो,
६७ सुर्खेत  लाल बहादुर घले,
६८ सुर्खेत  पूर्ण बहादुर खड्का,
६९ स्याङजा कमल प्रसाद पंगेनी,
७० स्याङ्जा गोपालमान श्रेष्ठ,
७१ हुम्ला जीवन वहादुर शाही,
७२ तनहु शंकर भण्डारी,
७३ दाङ वुद्धिराम भण्डारी,
७४ स्याङजा राजु थापा,
७५ इलाम कुल बहादुर गुरुङ,
७६ संखुवासभा दिपक खड्का,
७७ सिराहा पद्मम नारायण चौधरी,
७८ गोरखा चिनकाजी श्रेष्ठ,
७९ धादिङ दिलमान पाख्रिन,
८० पर्सा अनिल रुङगटा,
८१ काठमाडौं उमेश श्रेष्ठ,
८२  काठमाडौं  राधेश्याम अधिकारी,
८३ चितवन गीता वाग्ले,
८४ सप्तरी सकलदेव सुतिहार,
८५ कपिलवस्तु अतर कमाल,
८६ इलाम सुजता परियार,
८७ काठमाडौ अम्‍विका बस्‍नेत,
८८ काठमाडौ औमदेवी मल्ल जोशी,
८९ कैलाली ईश्वरी न्यौपाने,
९० गुल्मी सुवर्ण ज्वारचन चितवन,
९१ विष्णु माया परियार,
९२ झापा महेन्द्र कुमारी लिम्बु,
९३ डडेल्धुरा डा.आरजु राणा देउवा,
९४ तेह्रथुम सिता गुरुङ्,
९५ धनुषा, दिपशिखा शर्मा ढकाल,
९६ धनुषा प्रमिला देवी दास,
९७ धनुषा मिनाक्षी झा,
९८ बागलुङ ज्ञान कुमारी छन्त्याल,
९९ बारा मधु शाही ठकुरी,
१०० मकवानपुर महालक्ष्मी उपाध्याय(डिना),
१०१ मोरङ कुमारी लक्ष्मी राई,
१०२ रामेछाप लक्ष्मी देवी भण्डारी,
१०३ उदयपुर नारायण बहादुर कार्की,
१०४ सिराहा अमिय कुमार यादब,
१०५ सिराहा चित्रलेखा यादब,
१०६ चितवन सावित्री देवी चौधरी,
१०७ दाङ शीला शर्मा(खड्का),
१०८ दाङ पार्वता डि.सी. चौधरी,
१०९ दाङ शुशिला चौधरी,
११० धनकुटा अन्जना ताम्ली,
१११ सुर्खेत खड्ग बहादुर बस्‍याल,
११२ काठमाडौँ गगन कुमार थापा,
११३ काठमाडौँ भिमसेन दास प्रधान,
११४ झापा सुधिर कुमार सिवाकोटी,
११५ झापा कृष्ण प्रसाद सिटौला,
११६ तेह्रथुम गणेश प्रसाद विमली,
११७ दाङ राजु खनाल,
११८ महोत्तरी सिताराम भण्डारी,
११८ मोरङ अमृत लाल राजबंशी,
११९ मोरङ अशोक कोइराला,
१२० ललितपुर चन्द्र महर्जन,
१२१ संखुवासभा तारा मान गुरुङ्ग,
१२२ सर्लाही राम चन्द्र चौधरी,
१२३ सिन्धुली मोहन प्रसाद वराल,
१२४ सुर्खेत तप्त बहादुर विष्ट,
१२५ कंचनपुर दिवान सिंह विष्ट,
१२६ रुकुम मिठु मल्ल,
१२७ महोत्तरी संगीता मण्डल(धानुक),
१२८ मोरङ कविता कुमारी सरदार,
१२९ धनुषा मुक्‍ता कुमारी यादव,
१३० उदयपुर शान्ती देवी चौधरी,
१३१ उषा गुरुङ्ग झापा,
१३२ बझाङ चन्द्रा देवी जोशी,
१३३ बाँके आशा वि.क.,
१३४ मोरङ भोटनी देवी खबास,
१३५ हुम्ला रीता शाही,
१३६ खोटाङ्ग सरस्वती वजिमय,
१३७ इलाम नगेन्द्र कुमार कुमाल,
१३८ मोरङ पुष्कर आचार्य,
१३९ बाग्लुंङ प्रकाश शर्मा पौडेलले पनि देउवालाई मत दिएको बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ