arrow

चीनको अर्थतन्त्र स्थिर

logo
सिन्ह्वा,
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
xinjiang-china.jpg

बेइजिङ। चालु आर्थिक वर्षको अघिल्ला तीन त्रैमासिक अवधिमा चीनको कूल गार्हस्थ्य उत्पादन मात्रा ६९७ खर्ब ७९ अर्ब ८० करोड युआन पुगेको राष्ट्रिय तथ्याङ्क व्युरोले जनाएको छ। गत वर्षको सोही अवधिको तुलनामा कूल ग्राहस्थ उत्पादन ६.२ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ। औद्योगिक उत्पादन लगातार विकसित भैरहेको, निर्दिष्ट मापदण्डभन्दा माथि उद्यम थपिने मूल्य गत वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढेको चीनले जनाएको छ।

बजारमुलक बिक्रीमा स्थिरता कायम हुँदै गएको र अघिल्ला तीन त्रैमासिक अवधिमा सामाजिक उपभोक्ता वस्तुको कुल खुद्रा बिक्रीबाट २९६ खर्ब ६७ अर्ब ४० करोड युआन आम्दानी भएको अधिकारीहरूले बताएका छन्। गत वर्षको तुलनामा यो ८.२ प्रतिशतको वृद्धि हो।

अघिल्ला तीन त्रैमासिकमा तेस्रो व्यवसायको बृद्धिले कूल राष्ट्रिय ग्राहस्थ उत्पादन मात्रामा ६०.६ प्रतिशत योगदान सिर्जना गरेको छ। समष्टिगत द्दष्टिकोणबाट हेर्दा अघिल्ला तीन त्रैमासिक अवधिमा राष्ट्रिय अर्थतन्त्र स्थिररूपमा विकसित भैरहेको तथ्याङ्कमा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ