arrow

सन्दीप लामिछाने बने डेढ करोडपति, छानिए ‘द हन्ड्रेड’ लिगमा 

चार दिनको अन्तरमा सन्दीपको दोस्रो सफलता

logo
प्रकाशित २०७६ कार्तिक ४ सोमबार
sandeep-u-19-captain.jpeg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने डेढ करोडपति भएका छन् । उनी एकै प्रतियोगिताबाट डेढ करोडपति बनेका हुन् । उनी इंगल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्नका लागि छानिएका हुन् । 

आइतबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप ओभल इन्भेन्सिबल्समा अनुबन्धित भएका छन् । दोस्रो चरणमा अनुबन्धित भएका सन्दीपले एक लाख पाउण्ड (करिब १ करोड ४६ लाख रुपैयाँ) पाउने छन् । 

यो सन्दीपको हालसम्मको उच्च मूल्य हो । एक सय बलको हुने ८ टिम सहभागी द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाईदेखि १६ अगष्टसम्म हुनेछ ।

 सन्दीपसंगै विदेशी खेलाडीहरु कसले पाउँदैछन् एक लाख पाउन्ड ? 
सन्दीपसँगै एक लाख पाउन्ड पाउने विदेशी खेलाडीमा अष्ट्रेलियाका क्रिस लिन, अफगानिस्तानका मोहमद नाबी, न्युजिल्यान्डका केन विलियमसन र पाकिस्तानका मोहमद आमिर रहेका छन् । 

एक लाख २५ हजार पाउन्ड 
एक लाख २५ हजार पाउन्ड पाउने विदेशी खेलाडीहरु जो पहिलो चरणमा छानिएका छन् उनीहरु हुन् – रसिद खान, आन्द्रे रसेल, आरोन फिन्च, मिचेल स्टार्च, सुनील नाराइन, इम्रान ताहिर, ग्लेन म्याक्सवेल, डीआर्ची सर्ट, डेभिड वार्नर, मुजिब उर रहमान र स्टेभ स्मिथ । 

यस्तो छ फाइनल ड्राफ्ट

चार दिनको अन्तरमा सन्दीपको दोस्रो सफलता
सन्दीपको चार दिनको अन्तरमा यो दोस्रो सफलता पनि हो । गत बुधबार (असोज २९) सन्दीप गत युनाइटेड अरब इमिरेट्स(युएई) मा हुने टी–१० लिगका लागि कर्नाटका टुसकेर्समा अनुबन्धित भएका थिए ।

सन्दीपलाई टिमले ४५ हजार अमेरिकी डलरमा अनुबन्धन गरेको हो । सन्दीपलाई कर्नाटकाले पहिलो चरणमै लिएको हो । सन्दीपले गत सिजन केरलाबाट खेलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ