arrow

मतदानपछि औंला देखाउदै तेन्दुलकर परिवार

logo
प्रकाशित २०७६ कार्तिक ४ सोमबार
sachins.jpg

भारत ।  भारतीय पूर्व क्रिकेटर तथा कप्तान सचिन तेन्दुलकरले मतदान गरेका छन् ।  सोमबार मुम्बईमा विधानसभा चुनावको क्रममा आफ्नी श्रीमती अन्जली तेन्दुलकर र उनका छोरा अर्जुन तेन्दुलकर सँग मतदान गरेपछि आफ्नो औंला देखाउदै तेन्दुलकर परिवार ।

भारतको महाराष्ट्र र हरियाणा गरी दुई राज्यमा सोमबार विधानसभा निर्वाचनको मतदान भइरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा केन्द्रको सत्तामा फर्केपछि पहिलो पटक दोस्रो वर्षको लागि ठूलो बहुमतको साथ दोस्रो चुनावको हुदैछ ।

महाराष्ट्रमा विधानसभाको २८८ तथा हरियाणामा विधानसभाको ९० सिटका लागि मतदान भइरहेको हो । मतगणना २४ अक्टुबर (कार्तिक ७ गते) मा हुनेछ । महाराष्ट्रमा मुख्य प्रतिस्पर्धा भाजपा–शिवसेना गठबन्धन र कांग्रेस–एनसीपीको बीचमा नै हुनेछ । महाराष्ट्रमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह र नितिन गडकरी सहितका नेताहरु प्रचारमा जुटेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ