arrow

अफगानिस्तानमा युद्धविरामका लागि इयुको आह्वान 

logo
एएफपी,
प्रकाशित २०७६ कार्तिक ४ सोमबार
european-union.jpg

काबुल, अफगानिस्तान। युरोपेली संघ (इयु) का अधिकारीहरूले अफगानिस्तानमा युद्धविरामको लागि आह्वान गरेका छन्। अमेरिकी रक्षामन्त्री मार्क एस्परले अप्रत्याशित रुपमा काबुलको भ्रमण गरेलगत्तै इयुले युद्धविरामको आह्वान गरेको हो।

इयुका अधिकारीहरुले अफगानिस्तानलाई युद्धविराम गर्न आइतबार आह्वान गरेको समाचारमा जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना तालिबान विद्रोहीहरूसँगको शान्ति वार्ताको प्रसङ्ग मृतप्रायः भएको आरोप लगाएका थिए।
 
तालिबान र अमेरिकाबीच शान्ति वार्ता सम्झौताको अन्तिम अवस्थामा तालिबानको हमलामा परी एक अमेरिकी सैनिक मारिएपछि ट्रम्पले तालिबानसँगको वार्ता स्थगित गरेका थिए। त्यसलगत्तै तालिबानप्रति निकै आक्रोषित भएका उनले तालिबान लडाकूहरुसँगको वार्ता मृतप्रायः भएको बताएका थिए।

अफगानिस्तानमा १८ वर्षसम्म रहेका अमेरिकी सेना फर्काउने सम्झौताको अन्तिम चरणको तयारी भइरहेको अवस्थामा ट्रम्पले तालिबानसँग वार्ता नहुने घोषणा गरेका थिए। 

यस युद्धविरामबाट तालिबान र अफगान सरकारबीच जारी रहेको हिंसा घटाउन र यदि यसो हुन सक्यो भने त्यसको केही समयपछि शान्ति वार्ता गर्नका लागि पनि मार्गप्रशस्त गर्ने अफगान र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले बताएका छन्।

अफगानिस्तानका लागि इयूका विशेष दूत रोलान्ड कोबियाले वार्ताले युद्धविरामको लागि अवसर प्रदान गर्ने र अफगानिस्तानमा ठूलो परिवर्तन ल्याउने बताए। उनले यसले वार्तालाई पुनः सुरु गर्ने बारे छलफल गर्ने पनि बताएको समाचारमा जनाइएको छ।  

‘युद्धविरामका लागि यो उचित र सही क्षण हो। हालका दिनमा अफगानिस्तानमा जारी रहेको हिंसामा सामान्य कटौती मात्र नभएर त्यसको तुलनामा एक कदम अगाडि नै जान सकिने अवस्था र अवसर हो’ उनले भने। 

कोबियाले काबुलका पत्रकारहरूसमक्ष भनेका छन्, यो युद्धविरामका लागि एउटा अवसर हो र अहिले युद्धविराम हुने अवस्थाको खोजी गरिनुपर्छ र यसलाई अफगानिस्तान सरकार र तालिबानहरुले पनि उचित अवसरका रुपमा लिन सक्नुपर्छ।

यसैबीच अफगानिस्तानमा हिंसा भने निरन्तर रुपमा नै जारी रहेका समाचारहरु आइरहेका छन्। गत शुक्रवार मात्र पनि यहाँको एक प्रान्त नन्गाहारमा अवस्थित एक मस्जिदमा बम विष्फोट हुँदा कम्तीमा पनि ७० जनाको ज्यान गएको थियो।

त्यस यता पनि छिटपुट रुपमा हमलाका घटनाहरु हुने गरेका छन्। अफगानिस्तानमा हिंसा जारी राखेका तालिबानहरुले विशेषगरी यहाँका सुरक्षाकर्मी र सर्वसाधारणलाई पनि तारो बनाउने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ