arrow

एक्जिट पोलः महाराष्ट्र र हरियाणामा भाजपा गठनबन्धनलाई भारी बहुमत

भाजपा गठबन्धनलाई २०१४ को चुनावभन्दा पनि बढी सफलता, कांग्रेस गठबन्धन कमजोर 

logo
प्रकाशित २०७६ कार्तिक ४ सोमबार
BJP-congress.jpg

काठमाडौं । भारतको महाराष्ट्र र हरियाणा गरी दुई राज्यमा सोमबार विधानसभा निर्वाचनको मतदान भएको छ । महाराष्ट्रमा विधानसभाको २८८ तथा हरियाणामा विधानसभाको ९० सिटका लागि मतदान भएको हो ।  

यसको मतगणना २४ अक्टुबर (कार्तिक ७ गते) मा हुने भए पनि एक्जिट पोलले भने दुवै राज्यमा भारतीय जनता पार्टी भाजपाको गठबन्धनलाई भारी बहुमत आउने देखाएको छ । 

निर्वाचनमा महाराष्ट्रमा भाजपा र शिवसेनाको गठबन्धनले सरकार बनाएको थियो भने हरियाणामा भाजपाले बहुमतसहित सरकार बनाएको थियो । 

भाजपाले यसपटक पनि सरकार बनाउने एक्जिट पोलको दावी छ । 

यस्तो छ एक्जिट पोलको निष्कर्ष 
महाराष्ट्रमा आठ वटा विभिन्न समूहले गरेको एक्जिट पोलअनुसार २८८ सिटमध्ये भाजपा गठबन्धनलाई १६६ देखि २४३ सिटसम्म विजय गराएका छन् । जबकि कांग्रेस गठबन्धनले ४१ देखि ९० सिट जित्ने अड्कल गरेका छन् । महाराष्ट्रमा १४५ सिट ल्याउँदा बहुमत हुन्छ । 

सन् २०१४ मा भाजपा गठबन्धनले १८५ तथा कांग्रेस गठबन्धनले ८३ सिट जितेको थियो । यो आंकडा अनुसार भाजपा गठबन्धन पाँच वर्षअघि भन्दा राम्रो देखिएको छ । 

त्यस्तै हरियाणामा भाजपाले एक्लै बहुमतको सरकार बनाएकामा यसपटक अझ बढी सुधार हुने एक्जिट पोलको दावी छ । हरियाणामा ९० सिटमध्ये भाजपा गठबन्धनले ४७ देखि ८० सिट जित्ने आंकलन गरिएको छ भने कांग्रेस गठबन्धनले ८ देखि २३ सिट जित्ने अनुमान गरेका छन् । 

पोल अफ पोल्स, टाइम्स नाउ, एबीपी सीभोटर, न्यूज १८ आइपीएसओएस, टीवी ९ भारत वर्ष, रिपब्लिक जनकी बात, इन्डिया टुडे एक्सिस र न्यूज एक्सले एक्जिट पोलबाट अनुमान गरेका हुन् । 

गत अप्रिलको चुनावमा करिब करिब सत्प्रतिशत मिलाएको आजतकको पोल भने मंगलबार मात्र सार्वजनिक हुनेछ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ