arrow

थाइ राजाले खोसे श्रीमतीको शाही उपाधि

logo
प्रकाशित २०७६ कार्तिक ५ मंगलबार
king-vajiralongkom.jpg

काठमाडौं । थाइल्याण्डका राजा माहा वाजिरोङकोर्नले आफ्नी श्रीमतीबाट शाही उपाधि खोसेका छन् । श्रीमती सिनीनात वङ्वाचिराफाकबाट राजाले शाही उपाधि खोसेका हुन् । 

उच्च तहमा नियुक्ति पाएको केही महिनामै विश्वासघात गरेको आरोप लगाउँदै राजाले सिनीनातबाट उपाधि खोसेको बताइएको छ ।

राजाका तर्फबाट सोमबार जारी गरिएको घोषणामा सिनीनात महत्वाकांक्षी भएको र आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको उल्लेख भएको बीबीसीले लेखेको छ । 

राजाले चौथो श्रीमतीका रूपमा सुथिदासँग बिहे गरेको दुई महिनापछि गएको जुलाईमा सिनीनातलाई ‘चाओ खुन फ्रा सिनिनात बिलासकलयानी’ को उपाधि प्रदान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ