काठमाडौं । मेसिनबाटै भाँडाकुँडा बन्न थालेपछि आरन चलाएर भाँडाकुँडा बनाएर जिविकोपार्जन गर्नेलाई समस्या पर्दै गएको छ । नेपालबाट धेरैजसो आरन चलाउनेहरु विस्थापित नै भइसकेका छन् ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ लमगाउँमा भने आरन चलाएर भाँडाकुँडा बनाउने क्रा रोकिएको छैन । त्यहाँका स्थानीयले आरन व्यवसायबाटै जीविकोपार्जन गर्दै आएका छन् । रासस