अमिताभ बच्चन के भनेर सेभ गर्छन् श्रीमती जया बच्चनको नम्बर ?
प्रकाशित २०७६ कार्तिक ५ मंगलबार
734
Shares
काठमाडौं । भारतीय अभिनेता अमिताभ बच्चन हसाउदै 'कोन बनेगा करोडपति' को सेटमा प्रतियोगीहरुलाई हौसला प्रदान गर्ने गर्छन् ।
कहिलेकाँही बच्चनले आफ्नो बारेमा केही भन्छ भने कहिलेकाँही उनी प्रतियोगीको जीवनको बारेमा सोध्छन्। यो क्रम प्रत्येक एपिसोडमा देखिन्छ। यस्तै सोमबारको एपिसोडमा अमिताभले एक प्रतियोगीलाई सुनाए उनको फोनमा श्रीमती जया बच्चनको नाम के भनेर सेभ गरेका छन् ।
सुमितले भने,'मेरो प्रेम विवाह भएको छ , तर यसलाई मागी विवाह जसरी देखाए।' यसपछि अमिताभले सोधे, 'के तपाईंहरू दुई बीच झगडा भएको छ?'
यसमा उनले जवाफ दिए, 'कहिले काहि झगडा हुन्छ, सर ... यदि कतै भाँडाकुँडाहरू हुन्छन् भने त्यो बज्छ नै।' यसपछि अमिताभले सुमितकी श्रीमतीलाई सोधे, 'तपाईं सुमितलाई घरमा के नामले बोलाउनुहुन्छ?' सुमीतकी श्रीमती भन्छिन्,' उहाँलाई सुमित नामले बोलाउँछु।'
यसपछि सुमितले एक हास्यास्पद कुरा सुनाउछन् । उनकी श्रीमतीको नाम उनको फोनमा 'सुनती हो' को नामले सेभ गरिएको छ।
अमिताभले हास्यास्पद कुरा सुनेर आफ्नो किस्सा पनि शेयर गर्छन् । म आफ्नो फोनमा श्रीमतीको नाम 'जेबी' लेख्छु । जसको अर्थ जय बच्चन हुन्छ । तर आज राती म पनि यसलाई परिवर्तन गर्छु र म पनि 'सुनती हो' राख्छु । अमिताभको कुरा सुनेर सबै जना मजाले हासै हाँसै हुन्छन्।
अमिताभ बच्चन सन् १९७३ मा जया बच्चनसँग विवाह बन्धनम बाँधिएका थिए । त्यसबेलादेखि यो जोडीले आफ्नो साथ निभाउँदै आएको छ । यो परिवारको विषयमा खासै धेरै कुरा बाहिर आउँदैनन् ।
अमिताभ र जया बच्चनसँग लगभग १००० करोड भारतीय रुपैयाँको सम्पत्ति छ। दुबैको घर र धेरै शहरहरूमा सम्पत्तीहरू छन्। अमिताभले आफ्नो सम्पत्ति छोरा अभिषेक र श्वतालाई बराबर बाढिदिने घोषणा गरेका थिए । उनले 'कोन बनेगा करोडपति' को सेटमा सो कुरा बताएका थिए ।