arrow

लक्ष्मी बैंकको 'माई कार्ड आइडियाज' को विजेता सार्वजनिक

logo
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
laxmi-logo-nep.jpg

काठमाडौं। लक्ष्मी बैंकले सञ्चालन गरेको 'माई कार्ड आइडियाज' नामक क्राउडसोर्सिङ्ग प्रतियोगिताको विजेताको घोषणा गरिएको छ । काठमाडौंमा आयोजित एक प्रेस सम्मेलनमार्फत डिजाइनर टीशा श्रेष्ठलाई उक्त प्रतियोगिताको विजेताका रुपमा घोषणा गरिएको हो । क्राउडसोर्सिङ्गको अवधारणा अन्तर्गत बैंकका ग्राहकहरुको रचनात्मकतालाई उजागर गर्ने अवसर प्रदान गर्दै सहकार्यको माध्यमबाट बैंकको नयाँ भिसा कार्डको डिजाइन बनाउने उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालन गरिएको थियो । 

क्राउडसोर्सिङ्गको अवधारणामा यस्तो प्रतियोगिता गर्ने लक्ष्मी बैंक पहिलो बैंक  रहेको जनाइएको छ । साधारणतया क्राउडसोर्सिङ्ग भनेको जनसमुदायमाझ निश्चित कार्य आउटसोर्स गर्ने प्रक्रियालाई जनाउँछ । यस प्रतियोगिता अन्तर्गत नेपालका सातैवटा प्रदेशको विविध संस्कृति, सम्पदा र प्राकृतिक सुन्दरता झल्काउने अवधारणा सहितको बैंकको नयाँ भिसा कार्डको डिजाइन आव्हान गरिएको थियो । नयाँ भिसा कार्डहरुले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्घनमा समेत सहयोग पुग्ने अपेक्षा बैंकको रहेको छ । 

एक महिनासम्म चलेको यस प्रतियोगिताबाट प्राप्त डिजाइनहरुबाट विज्ञ निर्णायकहरुको समूहले टीशा श्रेष्ठको डिजाइनलाई उत्कृष्ट घोषित गरेको हो । विजेता टीशा श्रेष्ठले सातैवटा प्रदेशको कार्डको डिजाइनवापत कूल रु ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछिन् । कार्यक्रममा विजेता डिजाइनहरुको समेत अनावरण गरिएको थियो ।

बैंकले  नेपालभर १ सय १५ शाखा,१ सय ४० एटिएम, २ हजार ५ सय  भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्ट मार्फत सेवा प्रदान गर्दै आएको  छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ