arrow

पत्रकारसँग डरायो सरकार; सिंहदरबार प्रवेशमा रोक

अनावश्यक कुरालाई मुद्दा बनाए मैले पनि सोच्नु पर्ने हुन्छ : गृह प्रवक्ता कोइराला

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
singha-durbar.jpg.jpeg
काठमाडौं। सरकारले सञ्चारकर्मीहरुलाई सिंहदरवार प्रवेसमा रोक लगाएको छ। समाचार संकलन तथा अन्य विभिद कामका लागि सिंहदरवार गएका पत्रकारहरुलाई प्रहरीले दक्षिण ढोकामा रोकेर फर्काएको हो। प्रहरीले माथिको आदेश भन्दै पत्रकारहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाएको हो। 
 
नेपाल सरकार सूचना विभागले जारी गरेको प्रेस पास र संसद सचिवालयले जारी गरेको प्रेस पासले पत्रकारहरु सिंहदरवारमा निर्वाध आवतजावत गर्ने र समाचार संकलन गर्दै आएका थिए। 
 
तर सरकारले लगाएको यो रोकले श्रमजिवी पत्रकारहरु मारमा परेका छन्। पत्रकारहरुलाई लगाइएको रोकको पत्रकार र यसका संस्थाहरुले आपत्ति जनाएका छन्।  कतिपय पत्रकारहरुले सरकारले के कालो काम गर्दै छ, त्यस्तो पत्रकारहरुलाइ रोक्नु पर्ने ? ज्ञानेन्द्र शासनको झल्को किन दियो बर्तमान सरकारले भनेर टिप्पणी समेत सामाजिक सञ्जालमा लेखेका छन्।
 
अनावश्यक कुरालाई मुद्दा बनाए मैले पनि सोच्नु पर्ने हुन्छ : गृह प्रवक्ता कोइराला 
गृहमन्त्रालयका प्रवक्ता एवं सह–सचिव यादव कोइरालाले पत्रकारलाई भित्र छिर्न नदिएको भन्ने कुरा सत्य नभएको बताएका छन् । कोइरालाले भने, ‘सार्वजनिक विदाको दिन स्वभाविकैले कसैलाई प्रवेश हुँदैन, पत्रकारहरुको आवश्यक काम भए जान पाइहाल्छन् नी, सबै भित्र गएको जानकारी मैले पाएको छु, अनावश्यक हल्ला गर्नु उपयुक्त होइन ।’ विदाको दिन भएकाले सोधपुछ त हुन्छ नै । 
 
कोइरालाले थपे, ‘विहिबार सार्वजनिक विदा भएकाले प्रहरीले रोकेको होला, मलाई डिएसपी सावले फोन गर्नु भा थ्यो, आवश्यक काम भए जान दिनुस्, नभए जान नदिनुस् भनेको थिँए ।’ अनावश्यक कुरालाई मुद्दा बनाए मैले पनि अब यस विषयमा सोच्नै पर्ने हुन्छ । पाँच मिनेट पनि उभिन नसक्ने भन्ने कुरै नहुने भन्दै कोइरालाले मनोमानी गर्न नपाइने बताए ।
 
कांग्रेस संसदीय कार्यसमितिको निर्वाचन कार्यक्रम चलिरहेकाले एकै पटक धेरै पत्रकार छिर्न खोजेकाले प्रहरीले सोधपुछ गरेको कोइरालाले बताए । यस्तै, शामान्य प्रशासन मन्त्रालयका कर्मचारी समेत आन्दोलित छन् । यद्यपि, कर्मचारी आन्दोलनको विषयले पत्रकारलाई नरोकेको कोइरालाले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ