arrow

पाकिस्तान नियन्त्रित काश्मिरमा स्वतन्त्रताको माग, पाकिस्तान सुरक्षा फौजको हस्तक्षेपमा २ को मृत्यु

भारत बिरुद्ध संगठित आतंकवादी गतिविधीका लागि काश्मिर खालिस्तान रिफ्रेन्डम फ्रन्ट गठन 

logo
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
demontration-against-pakistan-pok.jpg

काठमाडौं। पाकिस्तान नियन्त्रित काश्मिरमा पाकिस्तान विरोधी गतिविधी वढेको छ। पाकिस्तान नियन्त्रित काश्मिरको राजधानी मुजफ्फरावादमा स्वतन्त्र काश्मिरको माग गर्दै भएको प्रदर्शनमा हजारौं स्थानियले भाग लिएका छन्। उनीहरुले पाकिस्तानबाट स्वतन्त्र हुनुपर्ने माग राख्दै प्रदर्शन गरिरहँदा पाकिस्तानी प्रहरीले व्यापक वल प्रयोग गरेको थियो। 

पाकिस्तानी प्रहरीको बल प्रोगबाट स्थानिय दुई प्रदर्शनकारीको मृत्यु भएको छ। कैयन प्रदर्शनकारीहरु घाइते भएको बताइएको छ। स्थानियहरुले आफूहरु पाकिस्तानमा नभइ स्वतन्त्र रुपमा काश्मिरमा रहन चाहेको बताएका छन्। 

भारतले धारा ३७० हटाएपछि काश्मिरमा ज्यादती भएको भन्दै त्यहाँको मानवअधिकार लगायतका विषयमा विभिन्न अन्तराष्ट्रिय मञ्चहरुमा चर्चा गराउँदै आएको पाकिस्तान र पाकिस्तानका प्रधानमन्त्री इमरान खानका लागि मुजफ्फरावादको पाकिस्तान विरोधी प्रदर्शन आफैमा जवाफ भएको अन्तराष्ट्रिय मामिलाका जानकारहरु बताउँछन्।  

मुजफ्फरावादका स्थानिय मानवअधिकारवादीहरुका अनुसार स्वतन्त्र काश्मिरका पक्षमा अहिले स्थानिय करिव डेढ दर्जन राजनीतिक दलहरुले मोर्चा बनाएका छन्। उनीहरुले पटक पटक प्रदर्शन गर्दै आएका छन्। पाकिस्तान सरकार मानवअधिकारको न्युनतम मुल्य र मान्यतालाई पनि अटेर गर्दै प्रदर्शनकारीहरुमाथि दमन गर्दै आएको छ। 

काश्मिर खालिस्तान रिफ्रेन्डम फ्रन्ट आतंकको नयाँ नाम

पश्चिमउत्तर क्षेत्रमा आतंकवादको सामना गर्दै आएको भारत फेरि अर्को संगठित आतंकवादको सामना गर्नुपर्ने अवस्थामा आएको छ। काश्मिरमा लामो समयदेखि आतंकवादसँग लड्दै आएको भारतले आफूले अझ ठूलो संगठित आतंकवादी तथा पृथक्तावादी समुहसँग जुध्नुपर्ने खतरा रहेको औंल्याएको छ। 

भारतीय संचार माध्यमहरुले भारत विरुद्ध संगठित रुपमा आतंकवादी गतिविधी सञ्चालनका लागि नयाँ गठवन्धन गरिएको दावी गरेका छन्। यसका लागि विदेशमा योजना बनेको बताइएको छ। 

पंजाव लगायत आसपासका क्षेत्रलाई छुट्टै खालिस्तान देश बनाउन यस अघी भएका पृथकतावादी आन्दोलनलाई भारतले दवाएको थियो। त्यस यता सुसुप्त हुँदै बेला बेलामा टाउको उठाउन खोज्ने खालिस्तान समर्थकहरुले फेरि आतंकवादी समुहसँग साँठगाँठ गर्न पुगेको भारतीय सञ्चारमाध्यमको समाचारमा उल्लेख छ। 

हालै काश्मिरी पृथकतावादी तथा आतंकवादीहरुसँग खालिस्तान समर्थकहरुको गठवन्धन बनेको दावी गरिएको छ। काश्मिर खालिस्तान रिफ्रेन्डम फ्रन्ट नामक गठवन्धन बनाइ काश्मिर र पंजावमा संयुक्त रुपमा पृथकतावादी गतिविधी सञ्चालन गर्ने तयारीमा उनीहरु पुगेको बताइएको छ। 

अमेरिका, क्यानडा, बेलायत लगायतका देशमा रहेका खालिस्तान समर्थकलाई समेटेर पहिल्यैदेखि काश्मिरमा आतंक मच्चाइरहेको पृथकतावादीहरुले यो गठवन्धन गरेको बताइएको छ। 

हालै पंजावमा सुरक्षा निकायले गस्तीका क्रममा फेला पारेको एके ४७ राइफल लगायतका हतियार यहि पृथकतावादी तथा आतंकवादी अभियानकै एक हिस्सा भएको भारतीय सुरक्षा निकायलाई उदृत गर्दै ती संचारमाध्यमहरुले जनाएका छन्। 

आतंकवादीहरुको यो नयाँ गठवन्धनलाई विदेशबाट भारी मात्रामा रकम प्राप्त भएको समेत सुरक्षा निकायको दावी छ। 

यसमा पाकिस्तानी आतंकवादी समुहदेखि पाकिस्तानी सुरक्षा निकायहरुले समेत सहयोग गरेको दावी भारतीय संचारमाध्यमहरुले जनाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ