arrow

उत्पादन वृद्धि गर्न उखुको आधुनिक प्रविधि भित्रियो कञ्चनपुरमा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
ukhu1.jpg

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखु खेतीको आधुनिक प्रविधि र उन्नत जातको बीउ भित्रिएपछि उत्पादन वृद्धि हुँदा कृषकहरु लाभान्वित हुने देखिएका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वासमा ६ वर्ष अघि स्थापित भएको भागेश्वर सुगर एण्ड केमिकल इन्डष्ट्रीले   उखुको उत्पादन वृद्धि गर्न उन्नत जातको बीउ र प्रबिधी भित्र्याएको हो । चीनी मिलले कच्चापदार्थको आपूर्ति संगै कृषकहरुको उत्पादन वृद्धि गर्न आधुनिक प्रविधी ल्याए संगै उत्पादन दोब्बर भएको छ । सामान्य जातको बीउ र प्रविधि भन्दा उन्नत जातको बीउ रोप्दा उत्पादन दोब्बर देखिए पछि यतिबेला कृषकहरु नयाँ प्रविधि तर्फ आकर्षित भएका छन् ।

बीउको मात्रानै कम लाग्ने र उत्पादन बढी हुने भएकाले मिलले भित्र्याएको उन्नत उखु कृषकहरुको रोजाइमा परेको छ । प्रती बिगाहा ११ सय देखि १२ सय क्विन्टल उखु उत्पादन हुने देखिए पछि आधुनिक ट्रेन्चर विधि र उन्नत जातको उखुले पुनर्वास क्षेत्रमा प्रसय पाइरहेको छ ।
भागेश्वर सुगर मिलले उखुको नश्ल सुधार कार्यक्रम अनुसार सिओएस ०८२७२, सिओएस ०२३८, सिओ ०२३९ र सिओ ०११८ जातको उखुको बीउ कञ्चनपुरको दक्षिणी क्षेत्रमा भित्र्याएको छ ।

चिनी मिल स्थापना भए देखिनै उखुको उत्पादन वृद्धि गर्न हामीले नीजी स्तर बाट कृषकहरुलाई सुबिधा दिदै आएको भागेश्वर सुगर एण्ड केमिकल इन्डष्ट्रीका प्रबन्ध निर्देशक शंकर बोगटीले बताए । उनले भने" उत्पादन वृद्धि गरि कृषकहरुको आर्थिक अबस्था उकास्न मिलले उन्नत बीउ , कृषि औजार , प्राविधिक सल्लाह र मल समेत बितरण गर्दै आएको छौं । " कृषक र मिल एक अर्काको परिपुरक भएकाले कृषकको उत्पादन वृद्धि नभए सम्म कारखाना फस्टाउन नसक्ने भएकाले कृषकको हीतलाई ध्यानमा राखेर नीजि स्तरबाट विभिन्न कार्यक्रम राख्दै मिलका प्रबन्ध निर्देशक बोगटीले बताए ।

चिनी मिलले उखु खेतीको आधुनिक प्रविधि र उन्नत बीउ भित्र्याए पछि कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखुको  उत्पादन र कृषकको आर्थिक स्तरमा वृद्धि हुने देखिएको हो ।

परम्परागत तरिकाले र सामान्य जातको उखु खेती भन्दा उन्नत जातको उखुको खेतीबाट उत्पादन दोब्बर हुने र लगानी समेत कम लाग्ने भागेश्वर सुगर मिलका उखु शाखाका प्रबन्धक सन्तोष मिश्रले बताए । प्रबन्धक मिश्रले भने " राम्रो उत्पादनका लागि असोज २० देखि कार्तिक २० सम्म रोपिने उखुको उत्पादन अधिक र बाली १० महिनामै तयार हुने भएकाले कृषकलाई फाइदा हुन्छ । "

कञ्चनपुरको दक्षिणी क्षेत्रको झन्डै ५ हजार हेक्टर जमिनमा उखुको खेती हुँदै आए पनि सरकारी स्तरबाट कृषकहरुले कुनै पनि सेवा सुबिधा पाउन सकेका छैनन् । १७ सय बिगाहा भन्दा बढी खेती गरिने बालीलाई पकट क्षेत्र घोषणा गरि कृषकहरुलाई सेवा सुबिधा दिन बाली संरक्षित कार्यक्रम सञ्चालन गर्ने सरकारी नीति भए पनि उखु बालीले राष्ट्रीय बालीको रुपमा सुचिकृत र पकट क्षेत्र घोषणा हुन नसक्दा कृषकहरु मर्कामा परेका छन्  ।

जिल्लाको दक्षिणी क्षेत्रमा कृषकहरुले उत्पादन गर्दै आएको उखु खेतीको भरमा २ वटा सुगर मिल सञ्चालन आई रहेका छन् । पश्चिम तराईमा बढी उखु उत्पादन हुने कञ्चनपुरलाई उखु पकट क्षेत्र घोषणा र कृषकलाई सेवा सुबिधा दिन सरकारले आबश्यक नीति तथा कार्यक्रम ल्याउन सके देशकै अर्थतन्त्र र चिनी उत्पादनमा उल्लेख्य पहल हुने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ