arrow

‘गोल्डेन टेम्पल’ अवलोकनका लागि नेपाल सहित ८७ मुलुकका नियोग प्रमुख अमृतसरमा

logo
एएनआई,
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
golden-temple-india-punjab.jpg

अमृतसर। विभिन्न ८७ मुलुकका वैदेशिक नियोगका प्रमुखहरूले ‘गोल्डेन टेम्पल’ को दर्शन गर्न अमृतसार पुगेका मन्दिर व्यवस्थापनले मङ्गलबार जनाएको छ। उनीहरूलाई गुरूनानकको ५५० औँ जन्मजयन्ती मनाउन आयोजित एक कार्यक्रममा सहभागी बन्नका लागि आमन्त्रण गरिएको थियो।

वैदेशिक नियोग प्रमुखहरूलाई कार्यक्रमस्थलसम्म पुग्दा भारतका संघीय मन्त्री हरदीप सिंह पुरी तथा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष विनय सहस्रबुद्धेले साथ दिएका थिए।

समारोहमा पुग्नेहरूमा नेपाल, मालदिभ्स, भूटान, अफगानिस्तान, श्रीलङ्का, अष्ट्रेलिया, मङ्गोलियालगायतका कुटनीतिक प्रमुख तथा उपप्रमुखहरूसमेत पुगेका बताइएको छ। उनहरूलाई भारतीय परम्परागत शैलीमा स्वागत गरिएको थियो। भ्रमणको व्यवस्था भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, पञ्जाब राज्य सरकार र शिरोमणि गुरूद्वारा प्रबन्धक समितिले गरेका थियो।
 
भारतको संघीय मन्त्रीपरिषद्ले गुरूनानकको ५५० औँ जन्मजयन्तीलाई स्वदेश तथा विदेशमा भब्यतासाथ मनाउने निर्णय गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ