arrow

काँग्रेस संसदीय दलको २२ पदमा ४२ जनाको मनोनयन, शाह निर्विरोध

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
nidi.jpg.jpeg
काठमाडौँ। नेपाली काँग्रेस व्यवस्थापिका–संसद्, संसदीय दल कार्यसमितिको भोलि शुक्रबार हुने निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ। काँग्रेस संसदीय दलको विधानअनुसार सात प्रदेशबाट एकएकजनाका दरले सातजना र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तअनुसार विभिन्न आरक्षण १५ पदमा भोलि निर्वाचन हुँदैछ। 
 
पिछडिएको क्षेत्रतर्फ एक पदका लागि राजिवविक्रम शाहको एकमात्र उम्मेदवारी परेकाले उनि निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य सुरेन्द्रराज पाण्डेले जानकारी दिए। 
 
प्रदेश नं १ बाट दीपक खड्का र तारामान गुरुङ, प्रदेश नं २ बाट प्रेम किशोरप्रसाद साह तेली र तेजुलाल चौधरी, प्रदेश नं ३ बाट ध्यानगोविन्द रञ्जित र रामेश्वरप्रसाद ढुङ्गेलले उम्मेदवारी दर्ता गराएका छन्।  
 
त्यस्तै प्रदेश नं ४ बाट कमलप्रसाद पङ्गेनी र रामचन्द्र पोखरेल, प्रदेश नं ५ बाट विक्रम खनाल र सञ्जयकुमार गौतम, प्रदेश नं ६ बाट तप्तबहादुर विष्ट र रीता शाही र प्रदेश नं ७ बाट दीर्घराज भाट र भरतबहादुर खड्काले उम्मेदवारी दिएका छन्।  
 
त्यस्तै समावेशीतर्फ आदिवासी जनजाति पुरुषतर्फ दुई पदका लागि आङ्टावा शेर्पा, तीर्थबहादुर लामा, झुलबहादुर आले र कञ्चनचन्द्र वादेको उम्मेदवारी परेको छ। 
 
आदिवासी जनजाति महिलातर्फ दुई पदका लागि ज्ञानकुमारी छन्त्याल, उषा गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ र पुष्पलता लामाले उम्मेदवारी दर्ता गराएका छन्। खसआर्य पुरुषतर्फ एक पदका लागि बुद्धिराम भन्डारी र राजेन्द्रकुमार केसी, खसआर्य महिलातर्फ दुई पदका लागि मधु शाही ठकुरी, गीता वाग्ले, चन्द्रादेवी जोशी र शारदा पौडेलले उम्मेदवारी दिएका छन्।  
 
मधेसी पुरुषतर्फ एक पदका लागि राम अयोध्याप्रसाद यादव, लालबाबु सिंह भुइहार, मधेसी महिलातर्फ दुई पदका लागि रश्मी ठाकुर, प्रमिलादेवी दास र कविताकुमारी सरदारले उम्मेदवारी दिएका छन्। 
 
त्यस्तै थारुतर्फ एक पदका लागि भुटनीदेवी खवास र बुद्धिसागर चौधरी, मुस्लिमतर्फ एक पदका लागि अब्दुल रज्जाक र अब्दुल हमिद सिद्धिकी, दलित पुरुषतर्फ एक पदका लागि नरभान कामी र खड्गबहादुर बस्याल, दलित महिलातर्फ एक पदका लागि आषा विक र कल्पना सोपले उम्मेदवारी दिएका हुन्।  
 
काँग्रेस संसदीय दल कार्यसमितिको निर्वाचन विद्युतीय मतदानबाट हुने तय भएको छ । त्यसका लागि आजै उक्त विद्युतीय भोटिङ मेसिनको निर्माणकर्ता राम लक्ष्मण रिमालले काँग्रेस सांसदहरुलाई मतदान गर्ने तरिकाका बारेमा जानकारी गराए । 
 
निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आज चैत २५ गते बिहान ११ देखि अपराह्न १ बजेसम्म समय निर्धारण गरेको थियो । समितिका उम्मेदवारीको अन्तिम नामावली चैत २५ गते अपराह्न ५:३० बजे प्रकाशन गरिनेछ । कार्यसमितिको निर्वाचन भोलि चैत २६ गते बिहान ९ देखि दिउँसो १२ बजेसम्म हुने समितिले जनाएको छ । दलको सबै निर्वाचन कार्यक्रम पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हुँदैछ । 
 
कार्यसमितिमा २२ पदको निर्वाचनसँगै कम्तीमा तीन महिलासहित नौजना मनोनीत हुने दलको विधानमा व्यवस्था छ । त्यसबाहेक समितिमा संसदीय दलको नेता र उपनेतासहित महामन्त्री, प्रमुख सचेतक, सचेतक र पार्टी सरकारमा भएको अवस्थामा कानुनमन्त्री पदेन सदस्य हुने प्रावधान छ । रासस 
(यस समाचारको शिर्षकमा २२ पद हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छः सं। )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ